मुख्य समाचार
विगतका कमजोरीबाट पाठ सिकेर जनतामाझ फर्किनुपर्ने -गगन | युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित |

प्रहरी कार्यालय झापाको ६९ औँ दिवसमा स्थानीय सरकारको उपस्थिति शून्य

देश प्रदेश डेस्क 5229+ समाचार ( )
३० अशोज २०८१, बुधवार

झापा जिल्ला प्रहरी कार्यालय झापाले ६९ औँ दिवस मनाइएको छ । जिल्लाका प्रहरी प्रमुख मिलन केसीको सभापतित्व एवम प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाको प्रमुख आतिथ्यमा वुधबार विहान सम्पन्न भएको हो ।

कार्यक्रममा अमर प्रहरीका परिवारजनलाइ कदर पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी जेष्ठ पूर्व प्रहरी कर्मचारी र दिवसका अवसरमा आयोजना गरिएको ब्याडमिन्टन तथा भलिवल प्रतियोगितामा विजेता खेलाडी हरुलाई मेडल ,प्रमाण पत्र साथै प्रहरीलाई सहयोग गर्ने विभिन्न व्यत्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बर्ष उत्कृष्ट दुईजना प्रहरी निरीक्षक सन्ताेष राइ र प्रहरी हवल्दार उत्तम कटवाललाइ  पुरस्कृत गरिएको थियो ।
जिल्लाका डिएसपी कृष्णकुमार चन्दले स्वागत तथा औचित्यमाथि प्रकाश पार्दै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको शुभकामना सन्देश वाचन गरेका थिए । जिल्लाका इन्सपेक्टर मेहेगी ल्हामु तामाङ्ले सञ्चालन गरेको कार्यक्रममा पुर्व प्रहरी कर्मचारी संगठनका केन्द्रीय सदस्य मदन गोपाल सुब्बा र पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले मन्तव्य राखेका थिए ।

 दिवसका अवसरमा कार्यक्रमस्थलमा रक्तदानको समेत आयोजना गरिएको थियो । नेपाल रेडक्रस साेसाइटी झापा शाखाकाे प्रविधिक सहयाेगमा १५ जनाले रगत दिएका थिए ।

यो बर्षको कार्यक्रममा जनप्रतिनिधिहरुलाई भने आमन्त्रण नगरिएको पाईएको छ । मर्यादाक्रममा समस्या भएका कारण तिनै स्थानीय सरकार प्रमुख ,उपप्रमुख तथा अन्य जनप्रतिनिधि कोहीलाई पनि आमन्त्रण नगरिएको प्रहरी अधिकारीले बताए । 

अमर प्रहरीका परिवारजन,पुर्व प्रहरी कर्मचारी लगायतले प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पणपश्चात कार्यक्रम सुरू भएकाे थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै