मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

बस सेवा डट कमबाट अग्रिम टिकट काट्न सकिने

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२१ अशोज २०८०, आइतबार

झापा अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दसैँको अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दसैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । साथै दसैँमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् ।
यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले बताए । उनले भने, ‘बिगतका वर्षहरुका तुलनामा यस वर्ष सिट संख्या धेरै रहेको छ । बससेवा मार्फत अहिले दैनिक ४० हजार भन्दा धेरै टिकट बुकिङ गर्न सक्नुहुनेछ।’
यात्रुहरुले बससेवा डटकम तथा बससेवाको मोबाईल एप्स् मार्फत सहजै टिकट काट्न सक्नेछन् । बससेवाले बससेवा मार्फत टिकट काट्ने यात्रुहरुमध्ये हरेक दिन ५ जनालाई शतप्रतिशत क्यासब्याक अफर समेत सार्बजनिक गरेको छ । बससेवाले पछिल्लो समय पृथ्वी यातायातसँग समेत सहकार्य गरेको छ । यो सँगै पोखराबाट काठमाडौ मात्र नभएर नेपालका कुनैपनि शहरको टिकट अनलाइनबाटै काट्न सकिनेछ ।
बससेवाले पछिल्लो समय यात्रुहरुलाई सडकमा कुर्न झञ्झट नहोस् भन्ने उद्देश्यले राजधानीको कलंकीमा प्यासेन्जर लाउञ्जको समेत व्यवस्था गरेको छ । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा करिब तीनसय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार