मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

दमकमा कार र मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्रीको उपचारकै क्रममा मृत्यु

देश प्रदेश डेस्क 5469+ समाचार ( )
७ श्रावण २०८३, बिहीबार

झापा, साउन ७ । झापाको दमक नगरपालिका ४ स्थित भाइरल रोडको संगम चोकमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक साइकलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार साउन ६ गते साँझ करिब ५ः३० बजे आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ अघि बढिरहेको साइकललाई सामान्य ठक्कर दिएको थियो। कारको ठक्करपछि साइकल अनियन्त्रित बनेर लड्दा पछाडिबाट आइरहेको प्रदेश १–०१–०१५ प १४४ नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा साइकलयात्री दमक नगरपालिका–३ निवासी अन्दाजी ५३ वर्षीय रनबहादुर बिष्ट गम्भीर घाइते भएका थिए। उनको टाउको, दुवै हात र खुट्टामा गम्भीर चोट लागेको थियो भने घटनापछि बोल्न नसक्ने अवस्थामा रहेका थिए।

त्यस्तै मोटरसाइकल चालक मेचीनगर नगरपालिका–८ निवासी ४६ वर्षीय दुर्गा बहादुर बस्नेत पनि निधार, दुवै हात र खुट्टामा चोट लागेर मध्यम घाइते भएका थिए।

दुवै घाइतेलाई प्रारम्भिक उपचारका लागि खरखरे आम्दा अस्पताल, दमक लगिएको थियो। त्यसपछि साँझ करिब ६ः२० बजे बिष्टलाई थप उपचारका लागि बी एण्ड सी अस्पताल, बिर्तामोड र बस्नेतलाई बिर्तासिटी अस्पताल, बिर्तामोड रेफर गरिएको थियो।

प्रहरीले दुर्घटनामा संलग्न कार, मोटरसाइकल, साइकल तथा कार चालक मोरङको उर्लाबारी नगरपालिका ७ निवासी ४० वर्षीय नेत्रप्रसाद तिम्सिनालाई नियन्त्रणमा लिएको जनाएको छ।

उपचाररत साइकलयात्री रनबहादुर बिष्टको साउन ७ गते बिहान करिब ४ बजे बी एण्ड सी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शव सोही अस्पतालमा राखिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार