मुख्य समाचार
झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र |

झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो

देश प्रदेश डेस्क 5359+ समाचार ( )
२२ श्रावण २०८३, शुक्रबार

झापा / सशस्त्र प्रहरी बल (स.प्र.बल), नेपालले झापाको पूर्वी सीमावर्ती नाकाबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको ठूलो परिमाणको लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान र दुईवटा सिटी सफारी नियन्त्रणमा लिएको छ। बरामद गरिएका सामान तथा सवारी साधनको कुल भन्सार मूल्य ५ लाख ४५ हजार ६ सय ५० रुपैयाँ कायम गरिएको छ।

गत साउन २१ गते दिउँसो १६:०० बजेको समयमा जिल्लाको मेचीनगर नगरपालिका वडा नं. १५ स्थित बङ्गाल सीमा इलाकामा सशस्त्र प्रहरीको टोलीले विशेष चेकिङ अभियान चलाएको थियो। सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाबाट सशस्त्र प्रहरी नायब निरीक्षक (स.प्र.ना.नि.) मुकेश प्याकुरेलको कमाण्डमा खटिएको ९ जनाको मोबाइल टोलीले उक्त सफलता हात पारेको हो। भारतबाट भन्सार छलेर नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा टोलीले विभिन्न लत्ताकपडा र इलेक्ट्रोनिक्स सामानहरू फेला पारेको थियो। तस्करहरूले सामान ओसार्न प्रयोग गरेका दुईवटा सिटी सफारीलाई पनि प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिइएका सामान र सवारी साधनहरूलाई आवश्यक कानूनी कारबाहीका लागि साउन २२ गते (शुक्रबार) बिहान ११:५५ बजे भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ। भन्सार कार्यालयले बरामद गरिएका सम्पूर्ण सामान र सिटी सफारीको कुल मूल्याङ्कन गरी भन्सार मूल्य ५ लाख ४५ हजार ६ सय ५० रुपैयाँ कायम गरेको जानकारी सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाका निमित्त गणपति एवं सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुमार रसाईलीले दिएका छन्।
निमित्त गणपति डीएसपी मदन कुमार रसाईलीका अनुसार खुला सीमाको फाइदा उठाई हुन सक्ने अवैध चोरी निकासी तथा पैठारीजन्य गतिविधिहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले आफ्नो सक्रियता तीव्र पारेको छ। सीमा नाकाहरूमा कडा निगरानी राखिएकाले आगामी दिनहरूमा पनि भन्सार छली र अवैध तस्करी रोक्न यस्ता चेकिङ र मोबाइल गस्तीहरूलाई निरन्तर जारी राखिने कुरा उनले स्पष्ट पारेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार