मुख्य समाचार
अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग |

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

Desh Pradesh News 1+ समाचार ( )
३२ जेठ २०८२, शनिबार

झापा /भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ । भारतीय दूतावासले आज एकैसाथ काठमाडौँ, वीरगन्ज, पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरेको जनाएको हो । 

नेपालका सात प्रदेशका ३३ जिल्लाका विभिन्न संस्थालाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । तीमध्ये काठमाडौँस्थित भारतीय दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरूलाई २२ वटा एम्बुलेन्सको चाबी हस्तान्तरण गरे ।

यस्तै, वीरगन्जमा र पोखरामा सात÷सात तथा धरानमा र चारवटा एम्बुलेन्स प्रदान गरिएका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले भारत–नेपाल विकास साझेदारीअन्तर्गत नेपालको स्वास्थ्य पूर्वाधार सुदृढ बनाउन यो सहयोग महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । ‘उपहारस्वरूप प्रदान गरिने एम्बुलेन्स भारत सरकारको लामो समयदेखिको पहलहरूमध्ये एक हो । यो पहल भारत र नेपालबिचको बलियो र जीवन्त विकास साझेदारीको एक हिस्सा हो । जुन दुई देशबिचको सात दशक लामो र बलियो सम्बन्धको निरन्तरता हो’, उनले भने । 

कार्यक्रममा एम्बुलेन्स प्राप्त गर्ने संस्थाका प्रतिनिधिहरूले भारत सरकारको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ एम्बुलेन्सले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म स्वास्थ्य सेवा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

भारत सरकारले सन् १९९४ यता नेपालभरिका स्वास्थ्य संस्थाहरूलाई एक हजार ४९ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ । यस्तै, तीन दशकदेखि शिक्षा, निर्वाचन र सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा स्कुल बसदेखि विद्युतीय गाडीसमेत उपलब्ध गराउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म नेपालका विभिन्न शैक्षिक संस्थाहरूलाई ३०० वटा स्कुल बस, सन् २०२२ मा निर्वाचन सञ्चालन हेतु कानुन कार्यान्वयन गर्ने निकायहरू र निर्वाचन आयोगलाई २०० वटा सवारीसाधन उपहारस्वरूप प्रदान गरिएको जनाइएको छ । 

यस्तै, हालै सम्पन्न ‘सगरमाथा संवाद’ को पहिलो संस्करण आयोजनालाई सहज बनाउन नेपालको परराष्ट्र मन्त्रालयलाई १५ वटा विद्युतीय सवारीसाधन सहयोगस्वरुप प्रदान गरिएको पनि दूतावासले जनाएको छ ।  भारत–नेपालको बहुआयामिक विकास साझेदारीलाई थप बलियो बनाउने उद्देश्यसहित गरिएको यस सहयोगले दुवै देशबिचको सम्बन्धलाई अझ सुदृढ बनाउने दूतावासले विश्वास गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार