मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२२ श्रावण २०८३, शुक्रबार

झापा / धनकुटा प्रहरीले ट्रकमा लुकाइछिपाई ओसारपसार गरिएको ६ सय ४७ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहीबार बिहान साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकस्थित कोशी लोकमार्गमा विराटनगरतर्फ जाँदै गरेको ना.३ ख ५०९५ नम्बरको ट्रकमा चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको हो।

घटनाबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक नारायण रञ्जितकारले ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–३ का २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको सहिदभूमि गाउँपालिका–१ का ३६ वर्षीय तुलराम राईलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीका अनुसार ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरेर लुकाइराखिएको ४८ वटा पोकामा गाँजा भेटिएको थियो। ती पोकाको तौल गर्दा जम्मा ६ सय ४७ किलोग्राम गाँजा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

यसैबीच प्रहरीले साउन १३ गतेदेखि २० गतेसम्म धनकुटाका विभिन्न स्थानमा गरिएको गाँजा फँडानी अभियानअन्तर्गत ४३ रोपनी क्षेत्रफलमा लगाइएको ११ हजार ८ सय ५० बोट र ७ हजार ३ सय बेर्ना गरी कुल १९ हजार १ सय ५० गाँजाका बिरुवा नष्ट गरिएको जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साउन १२ गतेयता जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ट्याब्लेट र गाँजासहित पाँच जना पक्राउ परेका छन्। सो अवधिमा ट्रामाडोल ५० लेखिएका ७ सय ५० ट्याब्लेट, डाइसाइक्लोमाइन हाइड्रोक्लोरिक आईपी–२० लेखिएका ४ सय ६० ट्याब्लेट, डाइसाइक्लोमाइन एचसीआई आईपी–२० लेखिएका ३ सय ७० ट्याब्लेट तथा कुल १ हजार ४ सय ५१ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा गाँजा ओसारपसारमा प्रयोग भएको एउटा ट्रक र केही मोबाइल फोन

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार