मुख्य समाचार
झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी |

बीएण्डसी हस्पिटलका संस्थापक प्रसाईँकाे मृत्यु

देश प्रदेश डेस्क 5302+ समाचार ( )
७ भाद्र २०८१, शुक्रबार

बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका संस्थापक तथा दुर्गा प्रसाईँका दाजु महेन्द्र प्रसाईँ मृत भेटिएका छन् ।  प्रसाईँले आत्महत्या गरेका प्रहरीले जनाएको छ ।

अर्जुनधारा नगरपालिका ६ महानन्द चौक निवासी प्रसादले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर शुक्रबार बिहान आत्महत्या गरेका हुन् । करिव एक घण्टाअघि उनी झुन्डिएको थाहा भएको थियो । मैनाली काठमाडौमा बस्दै आएका छन् । उनको खाली घरको दोस्रो तलामा गएर प्रसाईँ झुन्डिएको प्रहरीले बताएको छ ।

उनी लामो समयसम्म बिर्तामोडको बीएण्डसी हस्पिटलका सञ्चालक रहेका थिए । उनी, दुर्गा प्रसाईँ र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा बीएण्डसी हस्पिटल स्थापना भएको थियो । नेम्वाङ र मृतक प्रसाईँ केही समय पहिला नै हस्पिटलबाट बाहिरिएका थिए ।

सुरुमा जमिनको कारोबार गरेका उनी हस्पिटलबाट बाहिरिएपछि सार्वजनिक कार्यक्रममा खासै देखिन छोडेका थिए । उनले दुर्गा प्रसाईँभन्दा अगाडि भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरेका थिए । पछि दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा जोडिएका थिए ।

प्रतिक्रिया

सिनामे राजेश ७ भाद्र २०८१, शुक्रबार

यसलाई अात्मा हत्या भनेर बुझ्ने कि ऋणिले हत्या गरेको या गराएको हो भनी अनुसन्धान गरेर कार्वाहि अगाडि बढाउने हो ।

Prabhat Manandhar ७ भाद्र २०८१, शुक्रबार

महेन्द्र प्रसाईं भाईले आत्महत्या गर्‍यो भन्दा अचम्मित भएको छु,त्यस्तो आँटिलो ब्याक्तिले कसरी त्यस्तो घिन लाग्दो कार्य कसरी गर्‍यो होला ?

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै