साङ्केतिक तस्वीर
झापा । झापाको कचनकवलमा धानको कुन्यूमा फेरि आगजनी भएको छ ।
आज बिहानको राति अन्दाजी १ः४५ बजे कचनकवल गाउँपलिका वडा नं २ बकलामारीमा
सोही ठाउँ बस्ने नारायणसिंह राजवंशीको ३ विघा खेतको दुईवटा धानको कुन्युमा
आगजनी भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । आगलागीबाट धानको कुन्यू पूर्णरुपले जलेर नष्ट हुँदा
अन्दाजी २सय मन धान र पराल गरी करिव तीन लाखबराबरको क्षति भएको प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि गत कात्तिक ३० गते कचनकवल–५ पाठामारी डाँगावारी निवासी मितु मियाको करिब एक विघा खेतको धानवालीमा आगजनी गरिएको थियो । गत वर्ष पनि पाठामारीमै करिव २ विघाको धानमा त्यसरी नै आगजनी गर्दा जलेर नष्ट भएको थियो ।