मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |
मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |


श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२१ श्रावण २०८३, बिहीबार

झापा / सुनसरी र सिरहामा हालै भएका दुःखद घटनाका मृतकहरूको सम्झनामा आयोजना गरिएको संयुक्त श्रद्धाञ्जली सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तपेश्वर यादवको अभिव्यक्तिलाई लिएर गोलबजारमा ठूलो तनाव उत्पन्न भएको छ। साम्प्रदायिक सद्भाव र शान्ति कायम गर्न आयोजना गरिएको सभामा सांसद यादवले असंवेदनशील र उत्तेजक टिप्पणी गरेपछि माहोल एकाएक बिग्रिएको हो। 

सांसद यादवले मञ्चबाट आफ्नो धारणा राख्ने क्रममा गोलबजारका केही निश्चित राजनीतिक दल र व्यक्तिकै कारण सुनसरी-सिरहा घटना चर्किएको भन्दै सोझै आरोप लगाएका थिए। शान्ति र एकताको सन्देश दिनुपर्ने ठाउँमा सांसदबाटै साम्प्रदायिक र राजनीतिक दोषारोपण भएपछि सभामा सहभागी अन्य दलका समर्थकहरूले तत्कालै उठेर विरोध जनाएका थिए। 
रास्वपा र अन्य दलका कार्यकर्ताबीच भनाभन
सांसदको सो अभिव्यक्तिको विरोध गरिरहेका समूह र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताबीच केही बेरमै भनाभन र धकेलाधकेल सुरु भएको थियो। श्रद्धाञ्जली सभास्थलमा तनाव बढेर स्थिति नियन्त्रण बाहिर जान लागेपछि त्यहाँ तैनाथ सुरक्षाकर्मीले तुरुन्त हस्तक्षेप गरेका थिए। आक्रोशित भीडबाट जोगाउन प्रहरीले सांसद तपेश्वर यादवलाई घेरा हाली सुरक्षित रूपमा कार्यक्रमस्थलबाट बाहिर निकालेर सुरक्षित स्थानमा पुर्‍याएको थियो। 
राज्य संयन्त्रको कमजोरीमाथि अन्य वक्ताहरूको जोड
सोही कार्यक्रममा रास्वपाकै समानुपातिक सांसद सबिना मियाँले पनि सम्बोधन गरेकी थिइन्। उनले नेपाल सबै समुदायको साझा देश भएको उल्लेख गर्दै विभाजनकारी भावना त्यागेर एकता, सद्भाव र सहकार्यका साथ अघि बढ्नुपर्ने सन्तुलित धारणा राखेकी थिइन्। यद्यपि, सभाका अन्य वक्ताहरूले भने सुनसरी र गोलबजारका घटना हुनुमा राज्य संयन्त्रकै कमजोरी मुख्य कारण रहेको औंल्याएका थिए। समयमै प्रभावकारी सुरक्षा व्यवस्था, उचित समन्वय र प्रशासनिक संवेदनशीलता अपनाइएको भए यस्ता दुःखद घटना टर्न सक्ने उनीहरूको निष्कर्ष थियो। 
के थियो घटना ?
गत साउन १० गते सुनसरीको देवानगञ्जमा दुई समुदायबीच उत्पन्न विवाद र झडपको प्रभाव साउन १४ गते सिरहाको गोलबजारसम्म फैलिएको थियो। त्यस क्रममा भएका प्रदर्शन र गोलीकाण्डमा सिरहाका गणेश यादव तथा सुनसरीका ओमप्रकाश महतो, जयप्रकाश महतो र रविन्द्र मेहता गरी चार जनाको मृत्यु भएको थियो। साथै, गोलबजारमा मुस्लिम समुदायका पसल, व्यवसाय तथा घरहरूमा तोडफोड र आगजनी भएपछि दुई समुदायबीच अविश्वास र साम्प्रदायिक तनाव बढेको थियो। 
यस घटनालाई लिएर गृहमन्त्री सुदन गुरुङले प्रहरी प्रशासनको भूमिकामाथि (प्रहरी निरीक्षक, तत्कालीन डीएसपी तथा प्रमुख जिल्ला अधिकारी) छानबिन भइरहेको र दोषीमाथि कारबाही गरिने प्रतिबद्धता संसद्‌मा जनाइसकेका छन्। तर, परिस्थिति शान्त बन्दै गइरहेका बेला जनप्रतिनिधिबाटै आएको यस्तो गैरजिम्मेवार अभिव्यक्तिले स्थानीयस्तरमा फेरि असन्तुष्टि बढाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार