झापा । केही दिन अघि भद्रपुरमा आयोजना गरिएको नगरस्तरीय विद्यालय हाजिरी जवाफ प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ ।
श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपाल भद्रपुर नगरका अध्यक्ष हुतराज(उत्तम) नेपालको सभापतित्व तथा समाजसेवी राजकुमार राईको प्रमुख आतिथ्यमा बिहीबार पत्रकार सम्मेलन मार्फत विवरण सार्वजनिक गरेको हो ।
समितिले दिएको जानकारी अनुसार विभिन्न दाताहरुबाट प्राप्त सहयोग एक लाख ६१ हजार ८ सय ९१ रुपैयाँ आम्दानी र विभिन्न शीर्षकमा गरिएको खर्चतर्फ एक लाख ३२ हजार ३ सय १० रुपैयाँ भएको जानकारी गराइएको थियो ।
समितिका सचिव खेमराज नेपालले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि समितिका उपाध्यक्ष उदय प्रसाद खनालले प्रष्ट पारेका थिए । कार्यक्रममा दाताहरुको तर्फबाट सुमन मैनाली, नवदुर्गा मन्दिर सञ्चालक समितिका अध्यक्ष यादवप्रसाद पोखरेल,नगरका संस्थापक अध्यक्ष नवीन भट्टराईले कार्यक्रमको प्रशंसा गरेका थिए ।
कार्यक्रममा सहयोग गर्ने दाताहरुलाई सम्मान गर्दै मन्दिर परीसरमा फलफुलका विरुवा समेत रोपिएको थियो ।
जिल्लामा नै पहिलो पटक प्रविधियुक्त माध्यमिक तह नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता साउन १६ गते सम्पन्न गरेको थियो । प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय प्रथम,द्धतिय नेश्नल मेरीगोल्ड र एमरेल्ड एकाडेमी तेस्रो भएका थिए ।
उनीहरुलाइ क्रमशः पन्ध्रहजार ,दशहजार र पाँचहजार नगदसहित सम्मान पत्र , ट्रफि र मेडल प्रदान गरिएको थियो भने ब्राइट स्टार, डोल्मा र प्रज्ञा स्कुललाइ सान्तवनासहित पुरस्कृत गरिएको थियो । विजेताहरुलाइ प्रथम पुरस्कार दाता हल्दीबारीका कुमार भण्डारी,सुमन मैनाली र भवानी सिवाकोटीले नगद सौजन्य गरेका थिए । त्यसैगरी भद्रपुर २ का शिवकुमार राजभण्डारीले दोस्रो र चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओलीले तेस्रो पुरस्कार सौजन्य गरेका थिए ।
नगरभरीका सामुदायिक तथा संस्थागत विद्यालयमध्ये एक्काइस वटा विद्यालयले प्रवेश परीक्षामा भाग लिएका थिए । परीक्षबाट ६ वटा विद्यालय हाजिरी जवाफमा छनोट भएका थिए ।
सोही कार्यक्रममा समाजसेवी तथा निर्माण व्यवसायी राजकुमार राईले नवदुर्गा
मन्दिर समितिका अध्यक्ष पोखरेललाइ भौतिक निर्माणका लागि नगद ५० हजार
रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए ।
बुद्धशान्तिमा वैदिकद्धरा ३५ प्रिन्ट रगत सङ्कलन
जिल्लामा देखिएको रगत अभावलाइ मध्यनजर गरी बुद्धशान्तिमा २३ प्रिन्ट रगत सङ्कलन गरिएको छ । श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपाल बुद्धशान्ति गाउँपालिका अध्यक्ष जयराम भट्टराइको सभापतित्व एवम समितिका केन्दीय अध्यक्ष रामप्रसाद ओझाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा समितिका उपाध्यक्ष मुकुन्द खनालले स्वागत गरेका थिए भने केन्द्रीय प्रथम उपाध्यक्ष अग्नीप्रसाद सिग्देलले आजिवन सदस्य वितरण तथा संस्थाको पछिल्लो अवस्थाका बारेमा थप प्रकाश पारेका थिए । कार्यक्रममा रुद्राभिषेक,जेष्ठ गुरु सम्मान,बाह्ण भोज ,अन्तरक्रिया समेत आयोजना गरिएको थियो । कार्यक्रम अनुसार पालिकाले टिकाराम भट्टराई र बालकृष्ण चापागाईलाइ जेष्ठ गुरु सम्मान गरेको थियो ।
कार्यक्रममा मठमन्दिरको तर्फबाट केदार कोइराला,रेडक्रस बुधवारे शाखा प्रमुख पुष्प भट्टराई,जिल्ला सचिव रामचन्द्र अधिकारी,जिल्ला सदस्य बद्री सिग्देल,भद्रपुर नगर अध्यक्ष हुतराज(उत्तम) नेपाल लगायतले शुभकामना दिएका थिए ।
पालिका सचिव कृष्णप्रसाद भट्टराईले सञ्चालन गरेको कार्यक्रममा केन्द्र ,जिल्ला र पालिकाबाट बाक्लो उपस्थिति रहेको थियो ।
केन्दीय समितिकाे अगुवाइमा सङ्गठन विस्तार,आजिवन सदस्य अभियान लगायतका कार्यहरू द्रुतगतिमा सञ्चालन गरिरहेकाे छ । बिहीबारसम्म संस्थामा आजिवन सदस्यमात्र ९ सय रहेकाे केन्दीय प्रथम उपाध्यक्ष अग्नीप्रसाद सिग्देलले जानकारी दिए ।