मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

ज्ञानोदय शिक्षक सहकारीको साधारण सभामा १६ जना सम्मानित

देश प्रदेश डेस्क 5360+ समाचार ( )
५ अशोज २०८१, शनिबार

 झापा ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमीटेड भद्रपुर–८ चन्द्रगढीको १५ औं बार्षिक साधारण सभाको अवसरमा १६ जनालाइ सम्मान तथा पुरस्कृत गरेको छ । समितिका अध्यक्ष गोपीकृष्ण न्यौपानेको सभापतित्व तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा शनिबार चन्द्रगढीमा सम्पन्न भएको कार्यक्रममा शेयर सदस्य ,विद्यार्थी ,शिक्षक लगायतलाई सम्मान तथा पुरस्कृत गरेको हो ।  
कार्यक्रममा उत्कृष्ट बचत र ऋणीमा क्रमशः दमयन्ती शर्मा,फुलकुमारी हेमरन ,उत्कृष्ट सदस्य सन्तती पुरस्कारबाट कक्षा १२ मा सामुदायिक विद्यालय तर्फका रेमन अधिकारी र संस्थागतबाट अजेश बस्नेतलाइ सम्मानसहित पुरस्कृत गरिएको थियो । त्यसैगरी शेयर सदस्य सम्मानबाट साइकोलोजी विषयमा पिएचडी गर्ने डाक्टर प्रतिक भण्डारी र संस्थाका सल्लाहकार संयोजक एवम पूर्व अध्यक्ष गोकुलराज न्यौपानेलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयबाट अवकाश प्राप्त शिक्षक एवम शिक्षिका अर्जुन कुमार पौडेल,कल्पना पोखरेल, तोयानाथ खतिवडा, कल्पना पोखरेल राउत, रेखा निरौला, मित्रबहादुर बस्नेत, बालानाथ रेग्मी, विजय कुमार बस्नेत, मिरा कुमारी पौडेल र शरदचन्द्र खनाललाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष न्यौपानेले गत आर्थिक वर्ष २०८०। ८१ मा ७१ लाख ४३ हजार २५ रुपैयाँ ८३ पैसा आम्दानी गरी २४ लाख ६४ हजार ७ सय ७४ रुपैयाँ ९० पैसा बचत र चालु  आर्थिक वर्ष २०८१ । ८२ का लागि ७३ लाख ४८ हजार ५ सय आम्दानीको लक्ष्य लिएको सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  
संस्थाका उपाध्यक्ष धनकुमारी खरेल(लता)ले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि पोखरेलले संस्थाको प्रशंसा गरेका थिए ।

त्यसैगरी जिल्ला बचत सङ्घ झापाका सञ्चालक समिति सदस्य दिपक शिवाकोटी र जिल्ला सहकारी सङ्घका सञ्चालक समितिका सदस्य हरिकृष्ण अधिकारीले मन्तव्य राखेको कार्यक्रममा सरस्वती आधारभूत विद्यालय हल्दीबारीका २ का शिक्षिकाहरुले सन्देशमुलक नृत्य प्रस्तुत गरेका थिए ।
 कार्यक्रमको सञ्चालन समितिका सचिव डिल्लीराम अधिकारीले गरेका थिए भने अध्यक्ष न्यौपानेले धन्यवाद दिएका थिए ।
 ५१ जना शेयर सदस्यबाट सुरु गरिएकोमा संस्थामा हाल २ सय २१ महिलासहित ४ सय ५१ जना शेयर सदस्य रहेका छन् भने ६ करोड २८ लाख ३६ हजार ८ सय ३२ रुपैयाँ ११ पैसा शेयर पूँजीरहेको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार