मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

झापाकाे विर्तामाेड, झिलझिले र दमकका इलाका प्रहरी कार्यालयबाट ९२ थुनुवा फरार

देश प्रदेश डेस्क 5361+ समाचार ( )
फाइल तस्बिर
२६ भाद्र २०८२, बिहीबार

झापा / झापाकाे विर्तामाेड, झिलझिले र दमक इलाका प्रहरी कार्यालयमा रहेका ९२ थुनुवाहरु फरार भएका छन् ।

जेनजीका प्रदर्शनकारीहरूले इलाका प्रहरी कार्यालय बिर्तामोड, झिलझिले र दमकमा तोडफोड र आगजनी गर्दा ९२ जना थुनुवाहरू भागेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, झिलझिलेबाट ५ जना र विर्तामाेडबाट ३६ जना गरि ९२ जना रहेका छन् ।

सामान्य देखि गम्भिर प्रकृतिका मुद्दमा अनुसन्धानका लागि नियन्त्रणका लिएका थुनुवाहरुलाई यसरी आन्दाेनकारीले भगाएपछि समाजलाईमा झन ठुलाे समस्या निम्त्याउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काले देश प्रदेश खबरलाई बताए । उनका अनुसार ती कार्यालयहरुका सम्पूर्ण कागजात जलेर नस्ट भएकाले के कस्ता प्रकृतिका मुद्दा थिए अहिले बताउने अवस्था नरहेकाे बताए ।

लामो झडपपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रवेश गरी ठुलो सङ्ख्यामा रहेका प्रदर्शनकारीहरूले तोडफोड , आगजनी र लुटपाट मच्चाएपछि प्रहरीहरू आत्मसमर्पण गरी एकसरो लुगामा त्यहाँबाट भागेर ज्यान जोगाएका थिए ।

अहिले प्रदर्शनकारीहरूको निशानामा परेका प्रहरी कार्यालयहरू खाली गरी सबै प्रहरीहरू जिल्ला प्रहरी कार्यालयमा एकत्रित भएका छन् । त्यहीबाट प्रहरीले संयुक्त कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार