मुख्य समाचार
झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न |

ओमसाई पाथीभरा अस्पताल भद्रपुरबाट कैदी फरार

देश प्रदेश डेस्क 5363+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

                                                                                                                             फायल तस्वीर

झापा जबर्जस्ती करणी मुद्दमा झापा कारागार चन्द्रगढीमा कैद भुक्तान गरिरहेका एकजना कैदी अस्पतालबाट फरार भएका छन् 

कारागारबाट उपचाररत  २४ वर्षीय जीवन साह ओमसाई पाथीभरा अस्पताल भद्रपुरबाट फरार भएका हुन् । त्यहाँ उपचाररत साहलाई आज बिहान ३ः४० बजे सोही अस्पतालको शौचालय लगिकोमा शौचालयबाटै उनी फरार भएका हुन् ।

छातीमा समस्या भएपछि भद्रपुर ५ घर भएका साहलाई भदौ २५ गते बिहान प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो ।

घटनापछि जिल्ला प्रहरी कार्यालयका एसपी मिलन के.सी.को कमाण्डमा फरार कैदी साहको खोजी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काई अस्पतालबाट नै फरार भएका थिए । फरार भएको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए ।

पछिल्लाे समय झापामा आपराधिक कृयाकलापका घटना दैनिक हुदै आइरहेकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै