मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित (विज्ञप्तिसहित)

देश प्रदेश डेस्क 5475+ समाचार ( )
३० जेठ २०८१, बुधवार

झापा  झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित भएका छन् । दर्ता सहयाेगीहरूले बुधबार स्वास्थ्य बीमा बोर्डको चन्द्रगढीस्थित कार्यालयमा धर्ना दिनुका साथै ज्ञापनपत्र बुझाएका छन्। झापाका विभिन्न पालिकाबाट आएका उनीहरुले कालाे पट्टि बाधेर कार्यालयमा धर्ना दिदै  विभिन्न नारा लेखिएको प्लेकार्ड प्रदर्शनीसँगै नाराबाजी समेत गरेका थिए । सुरक्षाकर्मीको बाक्लो उपस्थितिका कारण उनीहरूले कार्यालयमा तालाबन्दी गर्न भने सकेनन् ।

सामाजिक सुरक्षा कर वापत एक प्रतिशत कट्टी भइरहेकोमा महालेखा परीक्षकले १५ प्रतिशत कर लिने परिपत्र जारी गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।
महालेखा परीक्षकको अन्तिम लेखा परीक्षणले बाँकी १४ प्रतिशत दर्तासहयोगीबाट नै असूलउपर गर्नु भनेपछि आन्दोलनमा उत्रिन बाध्य भएको दर्ता सहयोगी अनिल गौतमले बताए । २०८०  साउन देखी पारिश्रमिक समेत नदिएको उनले बताए । बिमा दर्ता गराएवापत १० प्रतिशत प्रोत्साहन रकममा १५ प्रतिशत कर कट्टी उचित नभएको भन्दै बिमा कार्यालयमा विरोध जनाएको उनले बताए । माग सम्बोधन नभएसम्म आन्दोलन जारी राखिने उनको भनाइ छ ।
रगत पसिना बगाएर काम गरिरहेको अवस्थामा सरकारले पारिश्रमिक रोकेर करको दायरामा बृद्धि गरेकोमा आन्दोलन गरिएको दर्तासहयोगी रुमिला राइले बताइन् । २०७४ देखी बिमामा आवद्ध भएपनि हाल आएर १४ प्रतिशत रकम असूल गर्ने सरकारको नीति सच्याइनु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार