मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

भोलिदेखि मेची राजमार्ग बन्द गर्ने वाइसीएलको चेतावनी

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२५ भाद्र २०८१, मङ्गलबार

झापा आक्रमणमा संलग्न विष्ट दाजुभाइलाई पक्राउ गरी कानुनी दायरामा नल्याए भोलि (वुधबार) देखि मेची राजमार्ग बन्दसहित अन्य आन्दोलनको कार्यक्रम अघि सार्ने जनाइएकाे छ । बुद्धशान्तिका वाइसीएल अध्यक्ष पंकज शेर्पामाथि आइतबार भएको आक्रमणको घटनामा संलग्न मेचीनगर–१२ घर भएका बालकुमार विष्ट र नवीन विष्टलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन वाइसीएलले माग गरेको हो । मंगलवार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै वाइसीएलले आक्रमणमा संलग्न विष्ट दाजुभाइलाई प्रहरीले पक्राउ गर्न आनाकानी गरेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

‘हामीले निवेदन दिँदा पनि प्रहरी प्रशासनले पक्राउ गर्न चासो दिएको छैन,’ वाइसीएल नेपाल झापाका अध्यक्ष डेबिट शाही ठकुरीले भने, ’आज दिनभरमा पनि आक्रमणमा संलग्न विष्ट दाजुभाइलाई पक्राउ गरी कानुनी दायरामा नल्याए भोलि मेची राजमार्ग बन्द गर्छौँ र अन्य आन्दोलनको कार्यक्रम अघि सार्छौँ ।’

मेची राजमार्ग सडक खण्डअन्तर्गत मेचीनगर–१२ स्थित सहरेडाँगी उत्तर सडकमा हातहतियारसहित विष्टद्वयले शेर्पालाई आक्रमण गरेको वाइसीएल नेपाल झापाले दाबी गरेको छ ।

ट्याक्सी चालकले अनियन्त्रित ढंगले सवारी चलाएको र सो सवारी चालकलाई शेर्पाले रोक्न लगाई सम्झाई बुझाई गरेसँगै घटना मिलिसकेको अवस्थामा पूर्वाञ्चल ट्याक्सी व्यवसायी संघका अध्यक्षसमेत रहेका बालकुमार विष्ट र उनका भाइ नवीन विष्टले एक्कासि घरेलु हतियार, बाइकको हेलमेटले शेर्पालाई अन्धाधुन्ध प्रहार गरी घाइते बनाएको वाइसीएल प्रदेश अध्यक्ष कुमार आचार्यले दाबी गरे । शेर्पाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार