मुख्य समाचार
झापामा प्रहरीको विशेष अपरेसन : कागजातविहीन १६८ अटो र सिटी सफारी कारबाहीमा, २ लाखभन्दा बढी राजस्व सङ्कल | दुर्गा प्रसाईँको चेतावनी : संविधान संशोधन नभए व्यवस्था ढाल्ने आन्दोलन गर्ने घोषणा | झापामा एलपी ग्यासको अभाव, सर्वसाधारणको जनजीवन कष्टकर बन्दै | अनशनको चौथो दिन : नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था बिग्रँदै, माग सम्बोधनमा सरकार मौन | भद्रपुरमा भगवान् श्रीकृष्ण रथयात्रा उत्सवमा ५ लाख ४६ हजार खर्च | कन्काईबाट ठूलो मात्रामा लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ | पाकिस्तानमा हिमपहिरोमा बेपत्ता नेपालीसहित चारजनाको शव फेला | बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति |

झापामा एलपी ग्यासको अभाव, सर्वसाधारणको जनजीवन कष्टकर बन्दै

भेषराज नेपाल 98+ समाचार ( )
१७ श्रावण २०८३, आइतबार

झापा / सरकारले खाना पकाउने एलपी ग्यास पुरा भरिएकाे सिलिन्डर बजार पठाउन थालेको दुई साता नबित्दै झापा लगायत देशका विभिन्न जिल्लामा उपभोक्ताले ग्यास अभावको सामना गर्नुपरेको छ ।

विशेषगरी भद्रपुर, बिर्तामोड, दमक, मेचीनगर, अर्जुनधारा र गौरादह क्षेत्रमा ग्यासको आपूर्ति अनियमित बनेपछि घरायसी उपभोक्ता मात्र नभई होटल, रेष्टुरेन्ट तथा साना व्यवसायसमेत समस्यामा परेका छन्। ग्यास अभावका कारण धेरै परिवार वैकल्पिक रूपमा विद्युतीय चुल्हो वा दाउरा प्रयोग गर्न बाध्य भएका छन् । ग्यास नपाएपछि सर्वसाधारणहरू डिलर र सप्लायर्सकोमै पुगेर खाली सिलिन्डर लाइनमा राख्न बाध्य भएका छन् । कतिपय उपभोक्ताले त अग्रिम रकम बुझाएकाे बताएका छन् । "पसलले भाेलि ग्यास आँउछ पैसा छाडेर जानु भन्नु भयाे, मैलै पनि ग्यास पाउने आशामा रकम बुझाए तर हप्ता दिन भाे पसल धाएकाे ग्यास पाउन सकिन" । एक उपभाेक्ताले बताए । एउटा ग्यास साट्न मात्रै पनि हप्तौंसम्म कुर्नुपरेको थियाे झन् अवत ग्यास नै पाउन सकिएन ।

चन्द्रगढीका एक व्यापारीका अनुसार १५ दिन भाे ग्यास नआएकाे फ्याट्रीले पनि आजभाेली भन्छ हामी पनि तै भन्छाै ग्यास नआएका कारण उपभाेक्तालाई ठगे जस्तै भएकाे छ ।

यसअघि पनि बजारमा ग्यास अभाव चर्किएपछि नेपाल आयल निगमले २०८२ फागुन अन्तिमतिरबाट आधामात्र भरिएको (७.१ किलो) सिलिन्डर बेच्ने व्यवस्था मिलाएको थियो । तर, अहिले फेरि पूरै भरिएको सिलिन्डर बाँड्न थालेपछि एक्कासि ग्यासको माग बढेर अभाव सिर्जना भएको डिलर सञ्चालकहरूको भनाइ छ ।एकातिर ग्यास डिपोहरूमा उपभोक्ताको थामिनसक्नु भिड छ भने अर्कातिर आयल निगमले बजारमा ग्यासको कुनै अभाव नरहेको दाबी बारम्बार गर्दै आइरहेको छ ।

पभोक्ताहरूले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुन सक्ने आशंका व्यक्त गर्दै सम्बन्धित निकायलाई बजार अनुगमन प्रभावकारी बनाउन माग गरेका छन्। उनीहरूले सहज र नियमित आपूर्ति सुनिश्चित गर्न सरकार तथा नेपाल आयल निगमले तत्काल पहल गर्नुपर्ने बताएका छन्।

ग्यास अभाव लम्बिँदै गए जिल्लावासीको दैनिकी थप कष्टकर बन्ने देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार