मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको बिमान दुर्घटना, यात्रु सकुशल

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१८ पौष २०८२, शुक्रबार

 झापा / झापाकाेभद्रपुर स्थित चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको बिमान दुर्घटना भएको छ ।

 भद्रपुर नगरपालिका–८ स्थित चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको ATR–72 जहाज आज बेलुका ९ः१० मिनेटमा अवतरणका क्रममा दुर्घटनामा परेको हाे ।

काठमाडौँबाट भद्रपुरका लागि ५१ जना यात्रु र ४ जना चालक दलसहित उडेको बुद्ध एयरको फ्लाइट संख्या ९०१ अवतरण गर्ने क्रममा रनवे पार गर्दै पूर्वतर्फ करिब ३०० मिटर अगाडि ओभर रन भई भासिएर क्षतिग्रस्त भएको हो।

उक्त जहाज काठमाडौँबाट राति २०:२३ बजे चन्द्रगढीका लागि उडेको थियो। घटनापछि तत्काल सुरक्षात्मक उद्धार कार्य सञ्चालन गरिएको र सबै यात्रु तथा चालक दलका सदस्यलाई सकुशल जहाजबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ।

हालसम्म मानविय क्षतिबारे कुनै नकारात्मक विवरण प्राप्त नभएको र क्षतिको विवरण तथा दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक (प्रउ) राजन लिम्बुको नेतृत्वमा करिब ७० जनाको टोली परिचालित गरिएको छ।

विमान दुर्घटनापछि केही समय विमानस्थलको गतिविधि प्रभावित भए पनि अवस्था नियन्त्रणमा रहेको सम्बन्धित निकायले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार