मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

पाकिस्तानमा हिमपहिरोमा बेपत्ता नेपालीसहित चारजनाको शव फेला

देश प्रदेश डेस्क 5474+ समाचार ( )
१६ श्रावण २०८३, शनिबार

 पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये चारजनाको शव फेला परेको छ ।

प्रतिकुल मौसमका बावजुद बेपत्ता भएका बाँकी ६ जनाको खोजी भइरहेको छ । शव भेटिएका सबै मृतकहरुको पहिचान भइसकेको छैन ।

सो हिमपहिरोमा परी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक निवासी अनुभवी पर्वतारोही एवं समाजसेवी पुरबहादुर गुरुङको निधन भएको पुष्टि भएको छ। उनको निधनको खबरसँगै जन्मथलो लाप्राकसहित समग्र गोरखा जिल्ला नै शोकमा डुबेको छ। त्यस्तै ओमानकी आरोही नधिरा अलहार्थीको शवको पनि पहिचान भएको छ । सगरमाथा आरोहण गर्ने उनी ओमानकी पहिलो पर्वतारोही हुन् ।

नेपाली पर्वतारोहण क्षेत्रमा परिचित नाम ३८ वर्षीय गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटक तथा आठ हजार मिटरभन्दा अग्ला विभिन्न हिमाल २८ पटक सफलतापूर्वक आरोहण गरिसकेका थिए । लामो समयदेखि अन्तर्राष्ट्रिय हिमाल आरोहण अभियानमा सक्रिय रहँदै उनले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका प्रशासक शोभित कुँवरले हिमपहिरोमा परेका गुरुङको शव पहिचान भइसकेको र अब कानुनी प्रक्रिया पुरा गरी शव नेपाल ल्याउने तयारी भइरहेको बताए। पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा बिहीबार हिमपहिरो गएपछि प्रसिद्ध नेपाली पर्वतारोही निम्स दाई (निर्मल पुर्जा)सहित करिब १० जना आरोहीसँग सम्पर्क विच्छेद भएका थिए । हेलिकप्टर परिचालन गरी उनीहरुको खोजी भइरहेको जनाइएको छ।

सम्पर्कविहीन टोलीमा निम्स दाईको नेतृत्वमा रहेका पाँच नेपाली आरोही, पाकिस्तानको हुन्जाका सोहेल साखी, ओमानकी आरोही नधिरा, अमेरिकी आरोही म्यालोरी गाइस, चिनियाँ आरोही मिस्टर वाङ तथा अर्का एक विदेशी आरोही रहेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार