मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

कन्काईबाट ठूलो मात्रामा लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१६ श्रावण २०८३, शनिबार

। झापाको कन्काईमा ठूलो परिमाणमा लागूऔषधसहित दुई भारतीय पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा कन्काई नगरपालिका–२ स्थित एस फुल सेकुवा कर्नरबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य, अररिया जिल्ला, कुरसाकट्टा वडा नं. ७ तकियाटोल निवासी २८ वर्षीय महमद एहवाल र सोही जिल्लाको कुरसाकट्टा वडा नं. ८ छिप्टिया टोल निवासी २७ वर्षीय अझर अन्सारी रहेका छन्।

एस फुल सेकुवा कर्नरमा रहेका दुवै जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथमा रहेको रातो रङको प्लास्टिकको बोराभित्र १०२ ग्राम ३१० मिलिग्राम ब्राउन सुगर , ७ हजार २०० वटा ट्रामाडोल क्याप्सुल र ७ हजार ४५० वटा निटाजेन ट्याब्लेट बरामद गरिएको हो।

साथै उनीहरूको साथबाट दुई थान एन्ड्रोइड मोबाइल फोन पनि बरामद गरिएको छ। पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।त्यस्तै दमकमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरी तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक–५ स्थित आकाशे पुल नजिकबाट १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर , ४ हजार १६० वटा ट्रामाडोल क्याप्सुल तथा दुई वटा स्कुटरसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा सुनसरी इटहरी उपमहानगरपालिका वडा नं–२० तरहरा बस्ने र ३४ वर्षीय बुद्ध राई ,मोरड मिक्लाजुङ गाउँपालिका वडा नं २ बस्ने वर्ष २३ की रोमी लिम्बू र दमक नगरपालिका वडा नं–७ बस्ने २२ वर्षीय करण मल्लिक रहेका छन् ।

हिजो साँझ ५ः३० बजे दमक ५ आकाशे पुलनजिक पूर्वाञ्चल बेकरी अगाडि सार्वजनिक सडकमा को ३४ प २६८९ नं र मे ६ प १८२७ नम्बरको स्कुटरमा आएका मानिसहरुले लागूऔषध खरिद विक्री गर्न लागिरहेको सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो । पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार