मुख्य समाचार
झापामा प्रहरीको विशेष अपरेसन : कागजातविहीन १६८ अटो र सिटी सफारी कारबाहीमा, २ लाखभन्दा बढी राजस्व सङ्कल | दुर्गा प्रसाईँको चेतावनी : संविधान संशोधन नभए व्यवस्था ढाल्ने आन्दोलन गर्ने घोषणा | झापामा एलपी ग्यासको अभाव, सर्वसाधारणको जनजीवन कष्टकर बन्दै | अनशनको चौथो दिन : नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था बिग्रँदै, माग सम्बोधनमा सरकार मौन | भद्रपुरमा भगवान् श्रीकृष्ण रथयात्रा उत्सवमा ५ लाख ४६ हजार खर्च | कन्काईबाट ठूलो मात्रामा लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ | पाकिस्तानमा हिमपहिरोमा बेपत्ता नेपालीसहित चारजनाको शव फेला | बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति |

दुर्गा प्रसाईँको चेतावनी : संविधान संशोधन नभए व्यवस्था ढाल्ने आन्दोलन गर्ने घोषणा

भेषराज नेपाल 98+ समाचार ( )
१७ श्रावण २०८३, आइतबार

झापा / मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोसिएको र नागरिकका आधारभूत अधिकार कुण्ठित गरिएको आरोप लगाए।

उनले देशमा राजनीतिक अस्थिरता, आर्थिक संकट, बेरोजगारी, भ्रष्टाचार र जनताको बढ्दो निराशाको मुख्य जिम्मेवार वर्तमान व्यवस्था रहेको दाबी गर्दै अबको आन्दोलन थप सशक्त र निर्णायक हुने बताए। प्रसाईँले हिन्दु अधिराज्य र राजसंस्थाको पुनर्बहाली आफ्नो आन्दोलनको मुख्य एजेण्डा रहेको स्पष्ट पार्दै संविधान संशोधन नभए व्यवस्था ढाल्नेसम्मको आन्दोलन गर्ने चेतावनी दिए।

उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उपदेश स्मरण गर्दै नेपाल सबै जातजाति र वर्गको साझा फूलबारी भएको बताए । उनले सरकार र सत्तापक्षीय नेताहरूले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति र प्रपञ्च रचिरहेको आरोप समेत लगाए ।

उनका अनुसार वर्तमान शासकीय प्रणाली जनअपेक्षाअनुसार सञ्चालन हुन नसकेको र जनताका आवाजलाई निरन्तर बेवास्ता गरिएको छ। यही कारण अब देशव्यापी आन्दोलनमार्फत जनदबाब सिर्जना गरिने उनले बताए।

प्रसाईंले आफूहरूको आन्दोलन कुनै धर्म वा समुदाय विशेषको विरुद्ध नभई सिङ्गो व्यवस्था परिवर्तनका लागि भएको प्रस्ट पारे। उनले पूर्ववर्ती सरकार र सम्झौताहरूको प्रसङ्ग जोड्दै किरात र बौद्ध धर्मसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्थाको पुनर्बहाली नै आफूहरूको मुख्य एजेण्डा भएको दोहोर्‍याए। प्रसाईंले संविधान संशोधन गरी उच्चस्तरीय कार्यदल मार्फत आफ्ना मागहरू सम्बोधन नभए व्यवस्था ढाल्नेसम्मको चेतावनी दिए।

प्रसाईँले आन्दोलनको स्वरूप, कार्यक्रम र मिति चाँडै सार्वजनिक गरिने जानकारी दिँदै विभिन्न पक्षलाई आन्दोलनमा सहभागी हुन आह्वानसमेत गरेका छन्। उनको घोषणापछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ भने सुरक्षा निकायले पनि सम्भावित गतिविधिमाथि चासो बढाएको छ।

पछिल्लो समय सार्वजनिक रूपमा कम सक्रिय देखिएका प्रसाईँ पुनः आन्दोलनको तयारीमा जुटेसँगै आगामी दिनमा राजनीतिक माहोल थप तातिने संकेत देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै