मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ | आज संविधान दिवस मनाइँदै | एन्फा पदाधिकारी सीआईबीको छानबिनमा | भारतको दिघलबैंकमा ७३ ग्राम ब्राउन सुगरसहित दुई नेपाली पक्राउ | बिलबिजकबिनाको १ लाख ६९ हजार रुपैयाँको लत्ताकपडा म्याजिकबाट बरामद |

भद्रपुरमा भगवान् श्रीकृष्ण रथयात्रा उत्सवमा ५ लाख ४६ हजार खर्च

देश प्रदेश डेस्क 5466+ समाचार ( )
१७ श्रावण २०८३, आइतबार

                                                                   फायल तस्वीर
झापा भगवान् श्रीकृष्ण रथयात्रा उत्सवमा ५ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ ।  आर्थिक वर्ष २०८२÷८३ को आय–व्यय विवरण सार्वजनिकले यो तथ्यांक देखाएको हो ।
समितिले दिएको विवरण अनुसार  ५ लाख ७४ हजार ८९० आम्दानी  र   खर्चतर्फ ५ लाख ४६ हजार ९८० रुपैयाँ भएको जनाएको छ ।  खर्च कटाएर २७ हजार ९१० नेपाल बैङ्कमा बचत रहेको समितिका अध्यक्ष मुकेश मित्रुकाले जानकारी दिए ।
उनका अनुसार गत वर्षको बचत २४ हजार ८१० रुपैयाँ, चन्दा रसिदबाट सङ्कलित ४ लाख १० हजार ८७९ रुपैयाँ, भद्रपुर नगरपालिकाबाट प्राप्त १ लाख ५० हजार रुपैयाँ , कर तथा २० प्रतिशत रकम कटौतीपछि प्राप्त १ लाख ९ हजार ६५८ र गुप्त दानमा ४० हजार ५४३ सहित विभिन्न शीर्षकबाट आम्दानी भएको जनाए । चन्दा रसिदको ११ हजार भने उठ्न बाँकी रहेको विवरणमा उल्लेख गरिएको छ ।
त्यस्तै खर्चतर्फ पन्डाल, लाइट तथा साउन्डमा  ९५ हजार, कालिगरमा  १३ हजार, भेस्टमा १७ हजार ७८०, मैदा, पेट्रोल, डिजेल तथा हिट स्प्रेमा ३० हजार, फूलमा  ४० हजार, भद्रपुर र विराटनगरको झाँकी व्यवस्थापनमा ६१ हजार, पानी तथा जुसमा २४ हजार २००, धर्मशालामा ५ हजार, लाखे नृत्यमा १५ हजार, छपाइमा  ३५ हजार, रासनमा ४८ हजार, तरकारीमा २० हजार, मन्दिर तथा झाँकी सजावटमा २५ हजार, मिडिया तथा प्रचार–प्रसारमा १५ हजार र नास्ता, सफारी, प्लाइ, दूध, पनीर, बस, ग्लास, प्लेट, प्लास्टिक, बरफ, सरसफाइ तथा अन्य व्यवस्थापनमा  १ लाख ३ हजार खर्च भएको समितिका सचिव निरशव प्रधानले जानकारी दिए । 
समारोह समिति भद्रपुरले २०८२ साल साउन ३१ र भदौ १ गते उत्सव आयोजना गरेको थियो । 
आय–व्यय पारदर्शी रूपमा सार्वजनिक गर्दै यस बर्ष पनि भदौ १९ र २० गते मनाइने श्रीकृष्ण जन्माष्टमी र रथयात्रामा भक्तजन, सहयोगी निकाय तथा विभिन्न धार्मिक सङ्घ संस्थासँग साथ र सहयोगको अपेक्षा राखिएको समितिले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार