मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

बुर्किना फासो नरसंहारमा करिब १०० जनाको मृत्यु

देश प्रदेश डेस्क 5473+ समाचार ( )
२८ कार्तिक २०८०, मङ्गलबार

अबुजा नाइजेरियो पश्चिम अफ्रिकी देश बुर्किना फासोमा भएको नरसंहारमा करिब १०० सर्वसाधारणको मृत्यु भएको छ । युरोपेली संघको कूटनीतिक सेवाले सोमबार जनाए अनुसार बुर्किना फासोको उत्तर–मध्य क्षेत्रको जाओन्गो गाउँमा भएको नरसंहारमा महिला र बालबालिका सहित करिब एक सय सर्वसाधारणको मृत्यु भएको खबर छ । 

जाओन्गो गाउँ बोल्सा सहरबाट करिब ६० किलोमिटर टाढा छ ।  घटनाको कारण र संलग्नता बारे अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन । अभियोजन साइमन ग्यानोउले बताए अनुसार अहिलेसम्म घटनाको यथेष्ट प्रमाण भेटिएको छैन । 

बुर्किना फासो सन् २०२२ को जुलाईदेखि सैनिक शासनको अधीनमा छ। सैन्य अधिग्रहण पछि जन्टाले सुरक्षालाई प्राथमिकता दिएको छ तर इस्लामवादी समूहहरूलाई नियन्त्रण गर्न संघर्षरत छ ।

विभिन्न किसिमका आतङ्ककारी आक्रमणबाट सयौँ नागरिकको मृत्यु भएको छ । बुर्किना फासो हिंसाको केन्द्रबिन्दु बनेको छ । अल कायदा र इस्लामिक स्टेटसँग सम्बन्धित इस्लामवादी समूहहरूका  गतिविधि विशाल सहेल क्षेत्रमा फैलिएको छ ।

एम्नेस्टी इन्टरनेशनलका अनुसार गरिब राष्ट्रको ठूलो भाग “युद्ध अपराध र मानवअधिकार उल्लङ्घन गर्ने” सशस्त्र समूहहरूको घेराबन्दीमा छ । यसै वर्षको अप्रिलमा छुट्टाछुट्टै गाउँहरूमा कम्तीमा ४४ जनाको ज्यान गएको थियो । जुन जन्टा अधिकारीहरूले इस्लामवादी आतङ्कवादीहरूलाई दोष लगाएका थिए ।

अप्रिलमा नै सैन्य पोशाकमा सशस्त्र व्यक्तिहरूले सोही क्षेत्रको एउटा गाउँमा गरेको आक्रमणमा १३६ जना नागरिक मारिएका थिए ।-(रासस/एएनआई)

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार