मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

हाजिरीजवाफ प्रतियोगितामा प्रेस क्लब भद्रपुर प्रथम

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१७ जेठ २०८३, आइतबार

झापा /  झापाकाे दमकमा भएकाे हाजिरीजवाफ प्रतियाेगितामा प्रेस क्लब भद्रपुरले प्रथम पुरस्कार हात पार्न सफल भएकाे छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा शनिबार पत्रकार सम्बद्ध संघ–संगठनहरुबीचको सहभागितामा भएको उक्त प्रतियोगितामा भद्रपुर प्रेस क्लब(१२० अंक) प्राप्त गर्दै प्रथम पुरस्कार हात पार्न सफल भएको हाे ।

जिल्लामा रहेको ११ वटा संघ–संगठनको सहभागिता रहेको साे प्रतियोगितामा अर्जुनधारा प्रेस क्लब(१०० अंक) द्वितीय र प्रेस युनियन झापा शाखा(९० अंक) तृतीय भएको छ । त्यसैगरी पर्यटन पत्रकार मञ्च झापा शाखा(८० अंक), प्रेस चौतारी झापा शाखा(८० अंक), प्रेस सेन्टर झापा शाखा(८० अंक), नारी सञ्चार गृह(७० अंक), मेचीनगर प्रेस क्लब(७० अंक), दमक प्रेस क्लब(५० अंक), सञ्चारीका समूह(५० अंक) र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) झापा शाखा(२० अंक)सान्तवना भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने टिमले नगद पुरस्कार क्रमश ११ हजार एक सय ११ रुपैयाँ, सात हजार सात सय ७७ रुपैयाँ, पाँच हजार पाँच सय ५५ रुपैयाँ र सान्तवना हुने आठ वटा टिमले जनही दुई हजार दुई सय २२ रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विजेता टिमहरुलाई प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख राम थापा, नेपाल पत्रकार महासंघ कोशी प्रदेश कमिटीकी उपाध्यक्ष अम्बिका भण्डारीलगायतले नगद पुरस्कार तथा प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
दमक नगरपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताको क्विज मास्टर शिक्षक बद्री कार्की र निर्णायकहरु बिमल लामिछाने, विष्णु सुब्बा र मञ्जु डाँगी रहेका थिए । पत्रकारहरुको क्षमता विकास गर्ने उद्देश्यले आयोजित यस किसिमको कार्यक्रमहरुलाई महासंघले आगामी दिनमा पनि निरन्तरता दिने महासंघको लक्ष्य रहेको शाखाका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
शाखाका अध्यक्ष गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुब्रत न्यौपानेले र धन्यवादसहित समापन मन्तव्य महिला उपाध्यक्ष बिनिसा गौतमले गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव राजु पाठक र सह–सचिव तिलक योञ्जनले संयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार