झापा / कतारको राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तरमा रहेको प्रमुख एलएनजी (तरलीकृत प्राकृतिक ग्यास) उत्पादन केन्द्र रासलाफान औद्योगिक सहरको बरजान ग्यास प्रशोधन केन्द्रमा आइतबार राति भयानक विस्फोट भएको छ।
कतारको गृह मन्त्रालय र सरकारी स्वामित्वको कम्पनी कतार इनर्जीका अनुसार, बन्द रहेको प्लान्ट पुनः सञ्चालन गर्ने क्रममा "प्राविधिक गडबडी" का कारण आन्तरिक विस्फोट र आगलागी भएको हो।