मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

फरक फरक स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ

देश प्रदेश डेस्क 5474+ समाचार ( )
४ श्रावण २०८२, शनिबार

झापा / काठमाडौं महानगरपालिका-१३ ताहाचल डेरा गरी बस्ने सर्लाही लालबन्दी नगरपालिका-११ घर भएका ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे लामाको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा बिम्मा समेत ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ३ सय रूपैयाँ र २४ बुक तास सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका-३१ भुपिशेरचन मार्ग बस्ने मोरङ बेलबारी नगरपालिका-९ घर भएकी ६३ वर्षीया साबित्री श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ६ सय २० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । 

चितवनकाे भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कस्थित धादिङ होटलबाट जुवातास खेलिरहेको अवस्थामा तनहुँ देवघाट गाउँपालिका-४ देवघाट बस्ने ४२ वर्षीय मान बहादुर मगर समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ९ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

यसैगरी चितवनकाे भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने पदम बहादुर आलेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय बिनोद मल्ल समेत ११ जनालई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ९ सय ९० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार