मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

पाेखरामा घरघर पुगेर निःशुल्क स्वास्थ्य सेवा

देश प्रदेश डेस्क 5360+ समाचार ( )
३ आषाढ २०८२, मङ्गलबार

झापा / कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त र असहाय नागरिकका लागि नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा सुरु गरेको छ ।

महानगरको स्वास्थ्य महाशाखाको आयोजना र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको समन्वयमा पोखरा–८ सिमलचौरबाट सुरु भएको उक्त कार्यक्रम अन्य वडा तथा टोलमा पनि सञ्चालन हुने जनाइएको छ ।

केन्द्रका प्रमुख कुश्मराज सुवेदीले ज्येष्ठ तथा अशक्त नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त घुम्ती अभियान सुरु गरिएको बताए ।

नसर्ने रोगको स्क्रिनिङसँगै महिलालाई प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना तथा स्वास्थ्य जाँच, मनोरोग, सरुवा रोग तथा अन्य दीर्घरोगसम्बन्धी जानकारी दिने गरिएको उनले उल्लेख गरे । उनका अनुसार यही असार ७ गतेसम्म वडाका १७ वटा टोलमा घुम्ती शिविर सञ्चालन हुनेछ ।

वडा नम्बर ८ मा आइतबार र सोमबार सञ्चालित शिविरबाट ३०० भन्दा बढी लाभान्वित भएका छन् । ‘ज्येष्ठ र अशक्त नागरिकलाई टोलटोलमा पुगेर स्वास्थ्य जाँच, उपचार र परामर्श प्रदान गर्न कार्यक्रम सञ्चालन गरिएको हो’, प्रमुख सुवेदीले भने, ‘विशेषगरी नसर्ने रोगबाट प्रभावित नागरिकलाई जाँचसँगै औषधि नियमित सेवन गरे / नगरेका अनुगमन गर्छौँ, सरकारले सूचीकृत गरेका औषधि निःशुल्क वितरण गर्छौँ ।’

उनले समुदायस्तरमा स्वास्थ्य सचेतना र प्रवद्र्धनका कार्यक्रम पनि सँगसँगै गरिरहेको गरिएको बताए । स्वास्थ्य जाँचका क्रममा अस्पताल जानुपर्ने अवस्थाका बिरामी पहिचान भएमा सोहीअनुसारको सल्लाह र परामर्श दिने गरिएको छ ।

वडा नम्बर ८ सहित महानगरका अन्य वडामा पनि ज्येष्ठ तथा अशक्त नागरिकका लागि नसर्ने रोगको स्क्रिनिङ तथा परामर्श सेवा प्रदान गर्ने योजना रहेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीको स्वास्थ्यप्रति महानगरका प्रतिबद्ध रहेको जनाउँदै सबै वडा र टोलमा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिने बजानकारी दिए । महानगरले गत वर्ष वडा नम्बर २५ हेम्जामा नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गरी घरघरमा ज्येष्ठ, अशक्त र असहाय नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच, परामर्श तथा उपचार सेवा प्रदान गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै