मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

Honey Trap मा पारेर १४ लाख असुल्ने युवती पक्राउ

देश प्रदेश डेस्क 5423+ समाचार ( )
७ श्रावण २०८२, मङ्गलबार

‘हनी ट्रयाप’मा पारेर १४ लाख रुपैयाँभन्दा बढी रकम असुलेको आरोपमा सुर्खेत प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–८ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ मा बस्दै आएकी २१ वर्षीया शिन्दु चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले बताए ।

उनका अनुसार चन्दले ०८१ भदौ महिनामा पीडित पुरुषलाई वीरेन्द्रनगर–६ स्थित बुलबुले भ्यु होटलमा बोलाएर चिनजान गरेकी थिइन् ।

प्रहरीका अनुसार, उनीहरूबिच सहमतिमै सम्बन्ध कायम भएको थियो ।तर, पछि चन्दले सोही सम्बन्धलाई हतियार बनाउँदै ती पुरुषलाई जबरजस्ती करणीको मुद्दामा फसाइदिने र नग्न तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै धम्क्याउन थालिन् ।

यसरी डर, त्रास देखाएर उनले विभिन्न मितिमा पटक–पटक गरी पीडितबाट जम्मा १४ लाख २५ हजार रुपैयाँ असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पटक–पटक रकम माग गरी मानसिक तनाव दिएपछि पीडित पुरुषले प्रमाणसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।सोही जाहेरीका आधारमा मंगलबार बिहानतिर खटिएको प्रहरी टोलीले चन्दलाई पक्राउ गरेको डीएसपी बुढथापाले जानकारी दिए ।

पक्राउ परेकी चन्दमाथि आर्थिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार