मुख्य समाचार
झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न |

भद्रपुर नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि वीरेन्द्र माविले उचाल्याे

देश प्रदेश डेस्क 5363+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

झापा भद्रपुर नगर स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा वीरेन्द्र माविले ७ स्वर्ण, २ रजत र ५ कांस्य गरी १४ पदक जित्दै उपाधि उचालेको छ ।  उपाधि उचालेसँगै वीरेन्द्रले नगद १५ हजारसहित ट्रफि पाएका छन् । वीरेन्द्रले योसँगै चार पटक उपाधि जितेको हो ।

प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ३ कांस्य गरी ११ पदक जित्दै हिमाली मावि उपविजेता बनेका छन् । हिमालीले नगद १० हजार र ट्रफि पाएका छन् । त्यस्तै सगरमाथा माविले ४ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ११ पदक जित्दै तेस्रो र भद्रपुर माविले ४ स्वर्ण, ३ रजत र ३ कांस्य गरी १० पदक जित्दै चौथो स्थान हासिल गरेको छ ।

तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः ७ र ५ हजार नगदसहित ट्रफि प्रदान गरिएको थियो ।

फुटबलतर्फ प्रज्ञा एकाडेमी प्रथम, सिद्धार्थ शिशु सदन द्वितीय र हिमाली मावि तृतीय भएको छ । छात्र कबडीतर्फ प्रज्ञा एकाडेमी प्रथम, वीरेन्द्र मावि द्वितीय र सिद्धार्थ शिशु सदन तृतीय भए । छात्रा कबडीतर्फ चन्द्रभानु ज्योति मावि प्रथम, मुनाल एकाडेमी द्वितीय र पुहातु जनज्योति मावि तृतीय भए । त्यस्तै छात्र भलिबलतर्फ सिद्धार्थ शिशु सदन प्रथम, भद्रपुर मावि द्वितीय र वीरेन्द्र मावि तृतीय भए । छात्रा भलिबलतर्फ वीरेन्द्र मावि प्रथम, एसएस निकेतन द्वितीय र भद्रपुर मावि तृतीय भए । प्रतियोगितामा छात्रा र छात्रको छुट्टाछुट्टै फुटबल, भलिबल, कबडीसहित एथलेटिक्स खेलहरू भएको थियो ।

उत्कृष्ट हुने विद्यालयहरूलाई नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, शिक्षा शाखा प्रमुख राजकुमार ओडारी लगायतले नगदसहितको ट्रफि र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

भद्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शुरू भएकाे प्रतियाेगितामा नगर क्षेत्र भित्रका सामुदायिक र निजी गरी २२ वटा विद्यालयको सहभागिता रहेको नगर शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै