मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

कपिल शर्माको क्याफेमा गोली प्रहार

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२७ आषाढ २०८२, शुक्रबार

क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्त अन्तर्गत सरे सहरमा भारतीय हास्य कलाकार कपिल शर्माको क्याफेमा गोली चलाइएको घटना सार्वजनिक भएको छ।

सीबीसी न्यूजले स्थानीय प्रहरीलाई उद्धृत गर्दै न्यूटन क्षेत्रको १२० स्ट्रिटमा रहेको क्याफेमा बिहीबार बिहान गोली चलेको उल्लेख गरेको छ । गोली चल्दा क्याफेभित्र स्टाफहरू उपस्थित थिए।

प्रहरीका अनुसार यस घटनामा कुनै व्यक्ति घाइते भएका छैनन्, तर क्याफेलाई केही भौतिक क्षति पुगेको छ।

गोली प्रहारपछि क्याफेका झ्यालहरूमा गोली लागेका दागहरू देखिएका छन्।प्रहरीले अन्य सम्भावित घटनासँगको सम्बन्ध र हमलाको उद्देश्यबारे अनुसन्धान भइरहेको जनाएको छ।

सीबीसी न्यूजका अनुसार क्याफेले एक साताअघि मात्र आफ्नो सेवा सुरु गरेको थियो।

‘क्याप्स क्याफे’ यो क्याफे कलाकार शर्मा र उनकी पत्नी गिन्नी चतरथद्वारा सञ्चालनमा ल्याएको हो ।

केही दिनअघि भएको तोडफोड र हिंसात्मक आक्रमणपछि क्याफेले आफ्नो पहिलो आधिकारिक वक्तव्य सार्वजनिक गरेको छ।भावनात्मक सन्देशसहित सामाजिक सञ्जालमा साझा गरिएको वक्तव्यमा क्याफे टिमले लेखेको छ, ‘क्याप्स क्याफे खोल्ने हाम्रो उद्देश्य स्वादिलो कफी र आत्मीय संवादमार्फत न्यानोपन, समुदायको खुसी बाँड्ने थियो। त्यो सपनामै हिंसा मिसिनु हाम्रो लागि दुःखद र असह्य हो। तर हामी हार मान्ने छैनौं।’

वक्तव्यमा यस्तो कठिन समयमा साथ दिएकामा ग्राहकहरूप्रति गहिरो कृतज्ञता व्यक्त गरिएको छ।

‘तपाईंहरूको स्नेही शब्द, प्रार्थना र म्यासेजमार्फत बाँडिएको सम्झनाहरूले हामीलाई अकल्पनीय रूपमा साथ दिएको छ। यो क्याफे तपाईंहरूको विश्वासकै कारण अस्तित्वमा आएको हो,’ सन्देशमा भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार