मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

माओवादी कार्यकर्ताबीच हल्दीबारीमा कुटाकुट

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२४ आषाढ २०८१, सोमबार

झापा सामाजिक संजालमा पोस्ट गरेको विषयलाई लिएर माओवादी कार्यकर्ताबीच हल्दीबारीमा  कुटाकुट भएको छ ।

केही दिन अगाडी सामाजिक संजालमा पोस्ट गरेको विषयलाई लिएर गत स्थानीय निर्वाचनमा माओवादी पार्टीकी हल्दीबारी गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार टिका राउतले पार्टीकै हल्दीबारी गाउँ कमिटी –२ का अध्यक्ष खगेन राजवंशीलाई गाली गलौज गरी कुटपिट गरेकी हुन् । साेमबार  दिउँसो २ बजेको समयमा हल्दीबारी गाउँपालिकाको वडा न–२ पारोखोपीस्थित भेलागुडी  सामुदायिक वन उपभोक्ता समितिको कार्यालयभित्र प्रवेश गरी हल्दीबारी–२ की टिका राउतको नेतृत्वमा उनकै दाजुभाइ गरी करिब ५–६ जनाको समूहले भेलागुडी सामुदायिक वन उपभोक्ता समितिका सचिबसमेत रहेका खगेन राजवंशीलाई गाली गलौजका साथ कुटपिट गरेका हुन् । कुटपिटबाट राजवंशी घाइते भएका छन् । उनको आँखामा चोट लागेको बताइएको छ ।

घटनापछि राउत तर्फका दुइजनालाई प्रहरीले पक्राउ गरेको छ । घाइते भएका राजवंशीले आफू घाउ जाँच गरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आएको बताए । वन समितिको कार्यालयमा बसिरहेका बेला आफूमाथि एक्कासि आक्रमण भएको उनको भनाई थियो । उता ,आफूलाई इंगित गरी केही दिनदेखि सामाजिक संजालमा लेखेपछि सोही विषयमा विवाद परेको र त्यसक्रममा सोधासोध र धक्कामुक्का भएको राउतले बताइन् ।

दुवै पक्षको गल्तीका कारण सो घटना भएको हल्दीबारी २ का वडाध्यक्ष शुकलाल राजवंशी बताउँछन् । सामाजिक संजालमा इंगित गरेर नकारात्मक कुराहरु नलेख्नु पर्ने र आक्रोशित भएर आक्रमण गर्न नजानु पर्ने उनले प्रतिक्रिया दिए । दुबै जना साथी–साथी भएपनि केही दिन अगाडी सामाजिक संजालमा पोस्ट गरेको विषयलाई लिएर विवाद भएको बुझिन आएको छ । प्रतिदिनबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार