मुख्य समाचार
झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र |

बिर्तामोडका होटल साहु बस्नेत विद्यार्थीहरुलाई रक्सी बेचेकाे आराेपमा पक्राउ

देश प्रदेश डेस्क 5359+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

                                                                                                                साङ्केतिक तस्वीर

झापा विद्यालयका विद्यार्थीहरुलाई रक्सी बेच्ने होटल साहुलाई प्रहरीले पक्राउ गरेको छ । ब्रदर होटलका सञ्चालक बिर्तामोड ३ बस्ने ४६ वर्षीय कुमार बस्नेतले मादक पदार्थ बिक्री गरेका थिए । विद्यालय पोशाकमा रहेका बिर्तामोड विद्यार्थीहरुलाई विद्यालय लाग्ने बेलामा कक्षा ९ मा अध्ययनरत विद्यालय पोशाकमै रहेका तीनजना छात्र र तीनजना छात्रालाई ब्रदर होटलका सञ्चालक  बस्नेतले मादक पदार्थ बिक्री गरेका थिए । मातेर एकजना विद्यार्थी सिकिस्त अबस्थामा पुगेका थिए । सो विद्यालयका एक शिक्षकका अनुसार लगातार बान्ता गरिरहेका ती विद्यार्थीलाई होटलबाट अटोमा हालेर ल्याउनु परेको थियो ।

विद्यालय परिवारले ती विद्यार्थीका अभिभावकलाई बोलाएर जिम्मा दिएको थियो भने घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो । विद्यालयका शिक्षकमार्फत इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी प्राप्त हुनसाथ उक्त स्थानमा प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी टोली खटिएर विद्यालय पोशाकमा रहेका विद्यार्थीलाई मादक पदार्थ बिक्री गर्ने होटल साहु बस्नेतलाई नियन्त्रणमा लिएको हो ।

अभिभावकको जाहेरीका आधारमा अभद्र व्यवहार शिर्षकमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार