मुख्य समाचार
भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर |

सुदूरपश्चिममा काँग्रेसको प्रदेश संसदीय समिति गठन

देश प्रदेश डेस्क 5354+ समाचार ( )
२१ चैत्र २०७८, सोमबार

झापा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशमा संसदीय समिति गठन गरिएको छ । पार्टीको विधानको धारा ३१ को (ग) प्रदेश कार्यसमिति बैठकले संसदीय समिति गठन गरेको हो । २१ सदस्यीय प्रदेश संसदीय समितिमा गठन गरिएको हो । जसमा १० जना पदाधिकारी र ११ सदस्य रहेका छन् ।

काँग्रेस विधानमा पदाधिकारी संसदीय समितिमा पदेन सदस्य हुने व्यवस्था छ । सभापति वीरबहादुर बलायर, उपसभापति लोकराज अवस्थी, जनकराज चौधरी, महामन्त्री मेघराज खड्का, नरनारायण शाह ‘मनु’, कोषाध्यक्ष उत्तमबहादुर कडायत, सहमहामन्त्री, अम्बिका चलाउने, चिन्तामणि भट्ट, र गोपालदत्त भट्ट पदेन सदस्य हुन् ।

यस्तै, प्रदेश संसदीय दलको नेता पनि पदेन सदस्य रहने विधानमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रणबहादुर रावल पदेन सदस्य बनेका छन् । प्रदेश सभापति वीरबहादुर बलायरले प्रदेश कार्यसमिति सदस्यमध्येबाट कार्यसमितिमा अनुमोदनका लागि ९ जनाको नाम प्रस्तुत गरेका थिए । जसमा पदमबहनदुर शाही, मदन गिरी, गौरीसिह बोहोरा, कान्ता चन्द, पुष्प भट्ट गणेश विष्ट,, तिलक राज जोशी, झेली राना थारु, तेजबहादुर सुनुवार रहेका छन् । यस्तै राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रलाई आमन्त्रित सदस्य बनाइएको छ । प्रदेश संसदीय समितिले नगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्ने अधिकार राख्छ । 

सम्बन्धित जिल्लाका केन्द्रीय कार्यसमितिका सदस्य र जिल्ला कार्यसमितिका सभापतिलाई सम्बन्धित जिल्लाको उम्मेदवारको निर्णय गर्दा प्रदेश संसदीय समितिको बैठकमा आमन्त्रण गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार