मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

अमेरिकामा घरभित्र मृत भेटिए चार जना नेपाली

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२५ जेठ २०८२, शनिबार

अमेरिकामा चार जना नेपाली मृत भेटिएका छन्।  

 बिहीबार अमेरिकाको भर्जिनिया राज्यको मनसास पार्क सहरको एउटा घरमा चार जना नेपाली मृत भेटिएका हुन्।

स्थानीय सञ्चारमाध्यम एनबिसीवाशिङ्टन डटकमका अनुसार मृत भेटिएका चारमध्ये एक महिला, एक पुरूष र दुई बालबालिका छन्।

उनीहरू चारै जना गोली लागेको अवस्थामा मृत भेटिएको प्रहरीलाई उद्धृत गर्दै एनबिसी वाशिङ्टनले लेखेको छ।

प्रहरीले मृतक महिला र पुरूषको नाम पनि खुलाएको छ। उनीहरू सन्तोष परियार र अन्जु श्रेष्ठ रहेको भनिएका छन्।

मृतक बालबालिकाको नाम भने प्रहरीले खुलाएको छैन। उनीहरू ८ वर्षीया बालिका र दुई वर्षको एक बालक छन्।

घटना हत्यापछि आत्महत्या हुनसक्ने आकलन प्रहरीले गरेको छ।

‘यो हत्यापछि आत्महत्या हुनसक्ने अनुमान छ। यसबारे अनुसन्धान भइरहेको छ,’ घटनापछि मनसास प्रहरीले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

उनीहरू मनसास पार्कको त्यो घरको भुइँतलामा बस्दै आएका थिए।

घरबेटीले शंकास्पद लागेर प्रहरीलाई खबर गरेपछि बिहीबार राति १०:४० बजे उक्त घरमा प्रहरी पुगेर ढोका खोलेको थियो।

प्रहरीले गोली प्रहार गरेको अवस्थामा चारजनाको शव फेला पारेपछि घटनास्थल सुरक्षित गरेर प्रारम्भिक अनुसन्धान थालेको थियो।

घटना भएको क्षेत्रमा अरू नेपालीहरू पनि बसोबास गरेको र उनीहरूसँग पनि प्रहरीले सोधपुछ गरिरहेको एनबिसीवाशिङ्टनले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार