मुख्य समाचार
झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान | १० प्रतिशत शय्या नीति : झनै चर्कियो सरकार र निजी क्षेत्रको टकराव | झापामा ट्याक्टर र माेटरसाइकल ठाेकिँदा माेटरसाइकलमा सवार तीनमध्ये बाबु छाेरीकाे मृत्यु | बिर्तामाेडमा श्रीमतीलाइ फलामको रडले घोचेर घाईते बनाई घरको ३ तला माथिबाट हाम फाल्दा श्रीमानकाे मृत्यु | सरकारी माेटरसाइकल प्रयाेग गरी लागूऔषध ल्याउने दुई जना पक्राउ | चट्याङसहित आज पूर्वी तराईमा वर्षा | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्याे |

बिर्तामोडका पूर्वमेयर शिवाकोटीसहित तीन जनालाई कारबाही, साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन

देश प्रदेश डेस्क 5212+ समाचार ( )
५ मंगशिर २०८२, बिहीबार

बिर्तामोडका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीसहित तीन जनालाई नेकपा एमालेले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीको बैठकले कोशी प्रदेश कमिटीका सल्लाहकार ध्रुवकुमार शिवाकोटीसहित इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा प्रदेश कमिटी सदस्य द्वारिकालाल चौधरी र कोशी प्रदेश कमिटीका सल्लाहकार मनोरथ तिवारी पार्टीबाट निष्कासन गरेको हो । त्यस्तै २ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

नेकपा एमाले कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीले ती तीन जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय भएको बताए । साधारण सदस्यबाट समेत निष्कासनमा परेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर शिवाकोटीमाथि आफ्नै घरमा काम गर्न राखिएकी नाबालिकामाथि बलात्कार गरेको आरोप लागेको छ । सो अभियोगमा उनी केही महिनाअघि धरौटीमा रिहा भएका छन् ।
उनको मुद्दा अदालतमा विचाराधीन रहेको छ । उनी प्रहरी हिरासतमा नबसी बीएण्डसी अस्पतालमा बसेको र त्यसमा पार्टीले संरक्षण गरेको आरोप समेत लाग्दै आएको छ ।

शिवाकोटी बिर्तामोड नगरपालिकामा र द्वारिकालाल चौधरी इटहरी उपमहानगरपालिकामा एमालेबाट २०७४ को निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा पनि मेयर दोहोर्‍याउने चाहना राखेका चौधरीलाई पार्टीले टिकट नदिएपछि माओवादीमा प्रवेश गरेका थिए । उनी माओवादीमा प्रवेश गरेर सुनसरी क्षेत्र नम्बर २(१) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार भएका थिए । उनी एमालेका रेवतीरमण भण्डारीसँग पराजित भए । निर्वाचनमा पराजित भएसँगै एमालेमा फर्किएका चौधरी पार्टी गतिविधिमा भने सामेल हुन सकेका थिएनन् ।उनले पार्टीका स्थानीय नेताहरूको आलोचना गर्दै आएका थिए ।

साधारण सदस्यबाट निष्कासनमा परेका मनोरथ तिवारी भने भदौ २४ गते भएको आगजनी तोडफोड र लुटपाटमा संलग्न रहेको पार्टी सचिव भण्डारीले बताए । यस्तै प्रदेश कमिटीको इटहरीका काशीनाथ दंगाल र डा. बद्री विशाल पोख्रेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । दंगाल यसअघि नेकपा कालमा एमाले इटहरी नगर कमिटीका सचिव थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार