मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

सीमा स्तम्भ मर्मत सुरू

देश प्रदेश डेस्क 5218+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

झापा सशस्त्र प्रहरी बल नेपालले सीमा स्तम्भलाई मर्मत गर्न थालेको छ ।

आजबाट सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापाले झापा जिल्लाअन्तर्गत नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा रहेका सीमा स्तम्भहरुको मर्मत थालेको हो । सीमा स्तम्भमध्ये BWGको निर्णयानुसार सन् २०१४ पश्चात् निर्माण भएका नेपालतर्फबाट मर्मत संभार गरिने बिजोर नम्बरका सीमा स्तम्भहरुको मर्मत कार्यको शुभारम्भ मेचीनगनर न.पा. १५ सिसुवाडाँगी स्थित सानो सीमा स्तम्भ नं. ९५÷१२ बाट गरिएको हो ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक रमेश भुवाजी, जिल्ला प्रशासन कार्यालय झापाका प्रतिनिधि तथा प्रशासकीय अधिकृत टिकाराम निरौला, नापी बिभागका प्रतिनिधि तथा नापी अधिकृत दमन न्यौपाने, मेचीनगर १५ का वडा सदस्य बिर्खराज राजवंशी, सशस्त्र सीमा बलका प्रतिनिधिलगायत सीमा सहजीकरण समितिका पदाधिकारी, स्थानीय सीमाबासीहरुको उपस्थिति रहेको थियो ।

BWGको निर्णयानुसार सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरुमध्ये सन् २०१४ पश्चात निर्माण भएका बिजोर नम्बरका सीमा स्तम्भ सशस्त्र प्रहरी बल नेपालले र जोर नम्बरका स्तम्भ भारतीय सीमा सुरक्षा बल (SSB) को तर्फबाट मर्मत संभार गर्ने निर्णयानुसार गत आर्थिक वर्षमा समेत सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सीमा सुरक्षा बल (SSB) द्वारा यसैगरी रंगरोकन तथा मर्मत गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार