मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद

देश प्रदेश डेस्क 5485+ समाचार ( )
८ अशोज २०८३, बिहीबार

झापा / इलाममा प्रहरीले ट्रकको फल्स बटम बनाएर लुकाइराखेको १ हजार ५०४ किलो ६१० ग्राम गाँजा बरामद गरेको छ। प्रहरीले गाँजासहित ना.४ ख ८९९६ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मंगलबार साँझ करिब ६ः३५ बजे इलाम नगरपालिका–९ भञ्ज्याङस्थित मेची राजमार्गमा प्रहरी चौकी गोलाखर्कबाट खटिएको टोलीले ट्रकलाई नियन्त्रणमा लिएको थियो।

राजदुवाली सडकको अवस्थाका कारण ठूला सवारीलाई अर्को सडकतर्फ डाइभर्सन गराउने क्रममा ट्रक चालकले प्रहरीको निर्देशन बेवास्ता गर्दै अघि बढेका थिए। प्रहरीले ट्रक रोक्न खोज्दा चालकले गाडी स्टार्टमै छाडेर फरार भएको प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरीले शंका लागेर ट्रकको खानतलासी गर्दा फल्स बटम बनाएर त्रिपालले छोपिएको अवस्थामा ४१ वटा बोरामा गाँजा फेला पारेको थियो। तौल गर्दा गाँजाको कुल परिमाण १ हजार ५०४ किलो ६१० ग्राम पुगेको हो।

बरामद गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ भने गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान खोजिएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार