मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक

देश प्रदेश डेस्क 5485+ समाचार ( )
८ अशोज २०८३, बिहीबार

झापा / जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। विभागले यही अवधिमा लामो दूरीको सडक यात्रा स्थगित गर्न र हिमाली क्षेत्रमा पदयात्रा नगर्न सुझाव दिएको हो।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै नेपालतर्फ अघि बढिरहेकाले यसको प्रभावले वर्षाको गतिविधि बढ्ने विभागको पूर्वानुमान छ। बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्न थालेको विभागले जनाएको छ।

विशेषगरी असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, मधेश र सुदूरपश्चिमका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा सडक अवरुद्ध हुने र तराई क्षेत्रमा बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न विभागले आग्रह गरेको छ। सडक विभागले समेत भारी वर्षाको सम्भावना रहेको भन्दै पहिरो सम्भावित क्षेत्र, खोला–नाला र कमजोर सडक खण्डमा विशेष सावधानी अपनाउन सूचना जारी गरेको छ।

उच्च हिमाली क्षेत्रमा भने भारी हिमपातको सम्भावना रहेकाले पदयात्रा तथा पर्वतारोहणमा रहेका व्यक्तिलाई सुरक्षित स्थानतर्फ फर्किन र नयाँ यात्रा तत्काल स्थगित गर्न मौसमविद्हरूले आग्रह गरेका छन्। पर्यटन विभागले पनि हिमालमा पुगिसकेका तथा जाने तयारीमा रहेका पर्वतारोही, पदयात्री र सहयोगी कर्मचारीलाई मौसमको अवस्था बुझेर मात्रै गतिविधि गर्न एड्भाइजरी जारी गरेको छ।

मौसमविद्हरूले सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई आधिकारिक मौसम सूचना नियमित रूपमा हेर्न, नदी तथा खोला आसपासमा विशेष सतर्कता अपनाउन र प्रतिकूल मौसमका बेला अनावश्यक यात्रा नगर्न सुझाव दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै