मुख्य समाचार
भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर |

झापाका धर्मगुरूहरूले बालविवाह नगराउने प्रतिवद्धता

देश प्रदेश डेस्क 5354+ समाचार ( )
२८ चैत्र २०८१, बिहीबार

झापा  अहिलेसम्म बालविवाह गराउन सहयोग नगरेको र अब पनि बालविवाह नगराउने प्रतिवद्धता जनाएका छन् । झापाका विभिन्न धर्मका धर्मगुरुहरुसंगको एकदिने अभिमुखीककरण कार्यक्रममा उनीहरुले  बालविवाह नगराउने प्रतिवद्धता जनाएका हुन् । मागीभन्दा भागी विवाहमा बालविवाह रोक्न चुनौती रहेको उनीहरुले अनुभव सुनाएका  थिए ।

धर्मअनुसार विवाह हुने भएकाले बालविवाह न्यूनीकरणमा धर्मगुरुहरुको महत्वपूर्ण भूमिका रहने भन्दै महिला जनचेतना केन्द्र मेचीनगर ६ काँकडभिट्टाले उनीहरुसंग आज बिर्तामोडमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो । विभिन्न धर्मका धर्मगुरुहरुले बालविवाह धार्मिक मसला नभएर सामाजिक मसला भएको बताए । उनीहरुले कुनै पनि धर्मको धर्मग्रन्थमा बालविवाह गराउनु भनेर उल्लेख नभएको स्पष्ट पारेका छन् ।

शिवपाञ्चायन नवग्रह मन्दिर मेचीनगर ७ का पण्डित देवराज निरौला, त्यस्तै मधेसी समुदायका पण्डित बाह्रदशीका त्रिलोक झा , बौद्ध धर्मका धर्मगुरु अविदल तामाङ ।

त्यसैगरी मुस्लिम धर्मका धर्मगुरु महमद सहजाद ,इसाई समाज झापाका अध्यक्ष इसहक सेन्चुरी पुसक ताजपुरिया , ज्ञानबहादुर मगर , राधिका आचार्य , श्यामलाल गणेश , टिकालाल राजवंशी , महमद अजाज हुसैन र महमद इहासनुल हक लगायतले  बालविवाहका बारेमा आफ्ना अनुभव सुनाएका थिए ।

महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष राधा प्रधानले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । कार्यक्रमको संचालन संचारकर्मी सुष्मा राजवंशीले गरेकी थिइन् । महिला जनचेतना केन्द्रले सन् २०१९ देखि बालविवाह न्यूनीकरणका लागि काम गर्दै आएको छ । संस्थाले मेचीनगर, बाह्रदशी र कचनकवलमा सो अभियान संचालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार