मुख्य समाचार
श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या |

नगरपालिकाका नगर प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

देश प्रदेश डेस्क 5353+ समाचार ( )
३ चैत्र २०८२, मङ्गलबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प बादीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मंगलबार अख्तियारले नगर प्रमुख बादी र सोही नगरपालिकामा करार सेवामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

शाहलाई करार सेवामा अवधि थप गर्न एक लाख रूपियाँ घुस लिएको मेयर बादीमाथि आरोप छ ।

आर्थिक वर्ष २०८१/०८२ को लागि म्याद थप गर्दा आफूसँग एक लाख मागेको र उक्त रकम मेयरको खातामा जम्मा गरेको तर, २०८२/०८३ को करार नवीकरण गर्नका लागि एक लाख मागेको र नदिँदा करार म्याद थप नगरी बर्खास्त गरेको भन्दै शाहले आयोगका उजुरी दिएका थिए ।

शाहलाई सेवा करार म्याद थप नवीकरण गरी सेवामा राखी रहने निर्णय गर्ने गराउने काम गरिदिएबापत मेयरले आफ्नो ओहदा एवम् सोसम्बन्धी काम गर्दा शाहलाई मोलाहिजा गरी चौरजहारी नगरपालिकालाई अनिष्ट गरी शाहबाट एक लाख लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

शाहले समेत आफ्नो जागिरका लागि घुस दिएको भन्दै आयोगले उनलाई पनि प्रतिवादी बनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार