मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न

देश प्रदेश डेस्क 5489+ समाचार ( )
९ अशोज २०८३, शुक्रबार

झापा । स्वर्गद्धारी कृषि सहकारी संस्थाको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोपालबहादुर थापाको सभापतित्व तथा संस्थाका जेष्ठ शेयर सदस्य दधिराम मैनालीको प्रमुख आतिथ्यमा शुक्रबार चन्द्रगढीमा सम्पन्न भएको हो ।
संस्थाका उपाध्यक्ष सुरेन्द्र खत्रीले स्वागत मन्तव्य गरेको कार्यक्रममा संस्थाका अध्यक्ष थापाले साङ्गठानिक र लेखा सुपरिवेक्षण समितिका संयोजक हरि प्रसाद गौतमले प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक बर्ष ०८२/८३ मा ४४ लाख ६६ हजार ८ सय ३५ रुपैयाँको कारोबार प्रतिवेदन मार्फत उल्लेख गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट उद्यमीतर्फ गिरिस अग्रवाल र दिपा श्रेष्ठलाइ सम्मान गरिएको थियो भने जमुना पौडेल र विशाखा थापा क्षेत्रीलाइ उत्कृष्ट बचतकर्ता तर्फ सम्मान तथा पुरस्कृत गरिएको थियो । प्रस्तुत प्रतिवेदन वहुमतले पारित गरिएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक देवी प्रसाद दाहल र  सदस्य प्रकाश दाहालले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव गुणबहादुर अधिकारीले गरेका थिए ।
वि.सं.२०६९ चैत्र १२ गते २७ जना सदस्यबाट सुसरु भएको  संस्थामा हाल ४५८ महिला , ४७० पुरुष र अन्य १० समेत गरी ९३८ जना शेयर सदस्यको कुल पुँजी ६२ लाख ६० हजार ३ सय रुपैयाँ रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै