मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

कुमरखाेदबाट भारत तस्करी हुन लागेको ५० बोरा काक्राको बीउसहित ट्रयाक्टर नियन्त्रणमा

देश प्रदेश डेस्क 5474+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

झापा झापाको दक्षिणी नाकाबाट प्रहरीले भारततर्फ तस्करी हुन लागेको ५० बोरा काक्राको बीउसहितको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

 आज बिहान ४ः३० बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका वडा नं.१ मा नम्बर प्लेट नखुलेको ट्रयाक्टरलाई शंका लागेर चेकजाँच गर्दा सामान फेला पारेकाे हाे ।

नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली लाँदैं गरेको अवस्थामा ५० बोरा काक्राको बीउ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।  प्रतिबोरा ५० के.जीका दरले काक्राको बीउ लोड रहेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

अन्दाजी २ लाख ५० हजार बराबरको काक्राको बीउ र ट्रयाक्टरको मूल्य अन्दाजी ५ लाख गरी जम्मा ७ लाख ५० हजारको अवैध सामान आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको छ भने ट्रयाक्टर चालकको खोजी जारी रहेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार