मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

विदेश पठाइदिने प्रलाेभनमा ६८ लाख ठगी गर्ने एक जना पक्राउ

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२७ माघ २०८२, सोमबार

झापा / विदेश पठाउने प्रलाेभन देखाएर ६८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० मा रहेको ह्याप्पी एजुकेशन कन्सल्टेन्सीका सञ्चालक चितवनको राप्ती नगरपालिका–२ घर भएका ३२ वर्षीय बद्री सिलवाललाई प्रहरीले पक्राउ गरेकाे हाे ।

सिलवालले सञ्चालन गरेकाे कन्सल्टेन्सीमा लाेभ देखाएर विद्यार्थीहरुलाई ठगी गरेका हुन् ।

अध्ययन भिसामा २ विद्यार्थीलाई पोर्चुगल पठाउने भन्दै २१ लाख ७० हजार जम्मा गर्न लगाई उनी फरार भएका थिए । प्रहरी वृत्त लैनचौरले उनलाई पक्राउ गरेको जानकारी दिएकाे छ ।

उनै सिलवालले आफ्नो परिचय बदलेर केदार प्रसाद सिलवाल भन्दै अन्य व्यक्तिलाई पनि ठगी गरेको पाइएको हो । स्पेनमा विद्यार्थी भिसामा पठाउने भनदै उनले १२ लाख ४० हजार ठगी गरेको आरोप छ ।

त्यस्तै चार जनालाई सर्बिया पठाउने भन्दै २१ लाख ९० हजार ५ सय जम्मा गर्न लगाई ठगी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । स्पेन पठाउछु भन्दै थप तीन जनाबाट १२ लाख ठगी गरेको आरोप उनीमाथि छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार