झापा / पुराना राजनीतिक दलहरूभन्दा 'फरक र स्मार्ट' भएको दाबी गर्दै आएको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक असन्तुष्टि उसको पहिलो ऐतिहासिक महाधिवेशनमै छताछुल्ल भएको छ।
भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा जारी महाधिवेशनमा फितलो व्यवस्थापन, अपारदर्शी चुनावी प्रक्रिया र उम्मेदवारहरूको वरीयता क्रमलाई लिएर नेता तथा कार्यकर्ताहरूले नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन्। पार्टी सभापतिमा संस्थापक नेता रवि लामिछाने निर्विरोध निर्वाचित भइसके पनि अन्य केन्द्रीय सदस्य र पदाधिकारी चयनको प्रक्रियामा चरम भद्रगोल देखिएको छ।