मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

झापामा एक वर्ष अवधिमा ५३४ जना फरार प्रतिवादी पक्राउ

देश प्रदेश डेस्क 5473+ समाचार ( )
१ श्रावण २०८२, बुधवार

झापा / जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८१/०८२ मा महिला पुरुष गरि ५३४ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय झापा र मातहत प्रहरी युनिटहरुबाट खटिएको प्रहरी टोलीले बिभिन्न मुद्दा शिर्षकमा फरार रहेका पुरुष- ४६३ जना, महिला-७० जना र यौनिक अल्पसङ्ख्यक-१ जना गरी जम्मा ५३४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएकाे छ भने सात करोड २७ लाख २४ हजार आठ सय एक्काईस रुपैया छैसठ्ठी पैसा जरिवाना असुल उपर गरिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

यसरी पक्राउ गरिएकालाई सम्मानित झापा जिल्ला अदालतमा उपस्थित गराई कैद असुल बाँकी रहेका प्रतिवादीहरुलाई उक्त सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको छ ।

जसमा सर्बोच्च अदालतको मिति २०८०।०७।१९ गतेको फैसला अनुसार जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा १० बर्ष कैद सजाय फैसला भई फरार रहेका फरार प्रतिवादी झापाकाे भद्रपुर नगरपालिका वडा नं.८ बस्ने बर्ष ४८ को खेमराज पोखरेल, उच्च अदालत विराटनगर इलाम इजलासको मिति २०७२।०३।१६ गतेको फैसलाले जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दामा १० बर्ष कैद फैसला भई फरार रहेका फरार प्रतिवादी  झापाकाे मेचिनगर नगरपालिका वडा नं.७ बस्ने बर्ष ३२ को प्रदिप राई र उच्च अदालत पाटनको मिति २०८०।११।२९ गतेको फैसलाले राजश्व चुहावट मुद्दामा १ बर्ष २ महिना १५ दिन कैद र दुई कराेड ८४ लाख ५८ हजार छ सय पाँच रूपैैया जरिवाना फैसला भई फरार रहेका फरार प्रतिवादी झापाकाे बिर्तामोड नगरपालिका वडा नं.८ बस्ने बर्ष ३० को अमिर लगुन बिश्वकर्मा लगायतका फरार प्रतिवादीहरु पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार