मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

देश प्रदेश डेस्क 5303+ समाचार ( )
२९ चैत्र २०८२, आइतबार

झापा / प्रख्यात भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको पुष्टि भएको छ।

उनीको आइतबार (१२ अप्रिल २०२६) मुम्बईस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी केही दिनदेखि छातीको संक्रमण, थकान तथा अन्य स्वास्थ्य समस्याबाट पीडित थिइन् र अन्ततः बहुअंग (multi-organ) फेल भएपछि ज्यान गएको बताइएको छ।

गायिका भोसलेको निधनको खबर उनका छोरा आनन्दले आइतबार दिउँसो पुष्टि गरेका छन् । भारतीय संचारमाध्यमले पनि उनको निधनको खबर लेखेका छन् ।

सन् १९३३ मा मंगेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन सुरु गरेकी थिइन् । उनले सन् १९४३ मा पहिलो फिल्म गीत रेकर्ड गरेकी थिइन् भने १९५० को दशकसम्म आइपुग्दा बलिउडमा आफ्नै पहिचान स्थापित गरिसकेकी थिइन् । त्यसपछिका तीन दशकसम्म उनी अधिकांश संगीतकारहरूको रोजाइकी गायिका बनिरहेकी थिइन् ।

सुरुआती समयमा उनलाई नृत्यप्रधान गीतमा मात्र सीमित गरिए पनि उनले आफ्नो दायरा फराकिलो बनाउँदै ‘उमराव जान’ जस्ता फिल्ममा गजल गायनमा पनि उत्कृष्टता देखाइन् ।

उनी फिल्मफेयर उत्कृष्ट महिला पाश्र्वगायनतर्फ सात पटक सम्मानित भएकी थिइन् । साथै, ‘उमराव जान’को ‘दिल चीज क्या है’ र ‘इजाजत’को ‘मेरा कुछ सामान’ गीतका लागि दुई पटक राष्ट्रिय फिल्म पुरस्कार जितेकी थिइन् ।

सन् २०२३ मा हिन्दुस्तान टाइम्ससँगको एक अन्तर्वार्तामा आशा भोसलेले समकालीन संगीतबारे आफ्ना विचार व्यक्त गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘साँचो भन्नुपर्दा म आजकालका गीतहरू सुन्दै सुन्दिनँ । यदि गीत सुन्नैपर्छ भने म भिमसेन जोशीका गीत, शास्त्रीय संगीत र गजल सुन्छु । त्यसबाट सिक्ने मौका मिल्छ र आफ्नै गायनलाई अझ राम्रो बनाउने अभ्यास पनि हुन्छ । यसले मेरो गायन क्षमता झन् निखारिन्छ र म अझ राम्रोसँग गाउन सक्छु ।’

उनले अहिलेका गीतबारे थप्दै भनेकी थिइन्, ‘आजकल उत्कृष्ट शब्द भएका गीतहरू कमै पाइन्छन् जस्तो लाग्छ । कहिलेकाहीँ सुन्छु र केही राम्रो गीत पनि भेटिन्छन्, जस्तै राहत फतेह अली खान र सुनिधि चौहानका । तर म धेरैजसो संगीत सुन्दिनँ । यदि सुन्नै परे भने पुराना गीतहरू नै सुन्छु ।

उनीको निधनसँगै भारतीय संगीत क्षेत्रमा एउटा युगको अन्त्य भएको भन्दै भारतभर शोक व्यक्त गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार