मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

रायनोल्याण्ड क्रिकेट क्लव सेमिफाइनलमा प्रवेश

देश प्रदेश डेस्क 5469+ समाचार ( )
२४ माघ २०८२, शुक्रबार

झापा   झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको सेमिफाइनलमा भारत आसामको रायनोल्याण्ड क्रिकेट क्लव प्रवेश गरेको छ ।

समूह ए अन्तर्गत आज भएको पहिलो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लवलाई ५ विकेटले पराजित गर्दै लगातार तीन जीतका साथ आसाम सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिलो व्याटिङ रोजेको भद्रपुरले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १३७ रन बनायाे । जवाफमा आसामले ५ विकेट क्षतिमा एक बल बाँकी रहँदा १३८ रनको लक्ष्य पूरा गरेको थियो । आसामका लागि अन्तिम बलमा एक रन आवश्यक थियो । भद्रपुरका बलर दीपक बोहोराको अन्तिम बल वाइड भएपछि आसामको जीत सुनिश्चित भएको थियो ।

ब्याटिङतर्फ भद्रपुरका कप्तान अंकित सुवेदीले ४६ बलमा ५० रन बनाए भने आसामका तर्फबाट कप्तान निविर डेकाले विष्फोटक पारी खेल्दै ४६ बलमा ७२ रनको योगदान दिए ।

बलिङतर्फ आसामका लागि प्राञ्जल भारालीले ४ ओभरमा २७ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए भने भद्रपुरका तर्फबाट भुवन कार्कीले ११ रन खर्चिएर २ विकेट लिए ।
खेलको म्यान अफ द म्याज ७२ रन बनाएका विजेता टिमका कप्तान निविर डेका भए । उनले ११ हजार नगद पुरस्कार प्राप्त गरे । उनलाई पुरस्कार सौजन्यदाता प्रभा ढकालले पुरस्कार प्रदान गरिन् ।

यसैगरी, आजै समूह ए अन्तर्गत नै भारतको नयाँ दिल्ली र नेपालको काठमाडौँबीच प्रतिस्पर्धा भएको छ । खेलमा काठमाडौँले नयाँ दिल्लीलाई ७ विकेटले हराएको छ । यो जीतसँगै काठमाडौँले सेमिफाइनलको संभावनालाई जीवितै राखेको छ भने दिल्लीलाई भोलि हुने भद्रपुरसँगको खेल जित्नैपर्ने दवाब बनेको छ ।
पहिलो ब्याटिङ गर्दै १८.१ ओभरमा अलआउट हुँदै दिल्लीले दिएको ९६ रनको सामान्य लक्ष्य काठमाडौँले ३ विकेटको क्षतिमा ११.४ ओभरमा पूरा गर्यो ।
काठमाडौँलाई जीत दिलाउन कप्तान इशान पाण्डेले २४ बलमा ४० रनको योगदान दिए भने दिल्लीलाई सस्तैमा समेट्न बलिङतर्फ रुपेश श्रीवास्तव र कमल साहीले ४ ओभर खर्चिएर समान ३ विकेट लिए ।

दिल्लीका तर्फबाट व्याटिङमा मयंक मल्लिकले ३७ रनको योगदान दिए भने सबाकरिमले २ विकेट लिए ।
बलिङमा पनि २ विकेट लिएका काठमाडौँका कप्तान पाण्डे खेलको म्यान अफ दि म्याच भए । उनले ११ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार