मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

हरिपूर्वा पुगेका प्रशासकीय अधिकृत २४ घण्टामै फिर्ता

देश प्रदेश डेस्क 5473+ समाचार ( )
१८ अशोज २०८०, बिहीबार

झापा हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा रुपमा हाजिर भएको २४ घण्टामै शम्भुप्रसाद यादवको जिम्मेवारी खोसिएको छ । १४ असोजमा रौतहटको  देवाहीगोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका यादवलाई हरिपूर्वा नगरपालिकामा थप जिम्मेवारी दिने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्यण गरेको थियो ।

उनलाई अर्को व्यवस्था नभएसम्मका लाथि हरिपूर्वामा थप जिम्मेवारी लिन भनिएको थियो । तर, उनले हरिपूर्वामा हाजिर भएर नियमित काम सुरु गर्न नै पाएनन् । बुधबार हाजिर भएका उनले बिहीबार कर्मचारीहरुसँग छलफल गरेका थिए ।

तर, बिहीबार नै मन्त्रालयले उनको थप जिम्मेवारी दिने निर्णय उल्ट्याएर देवाहीगोनाहीका लागि मात्रै प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्न तोकेको छ ।

१७ वैशाखमा पनि हरिपूर्वामा हाजिर भएको एक घण्टामै उनको काजमा खटाउने निर्णय फिर्ता भएको थियो । मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा शाखा अधिकृत रहेका उनले हरिपूर्वामा खटाएलगत्तै हाजिर नहुन दबाब खेप्नु परेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार