मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

झापाबाट ९ महिनामा २५ हजार विदेशिए

देश प्रदेश डेस्क 5469+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

झापा वैदेशिक रोजगारका लागि झापाबाट जाने मानिसको सङ्ख्यामा कमी आएको छ । गत अर्थिक वर्षमा झापाबाट ३३ हजार ५ सय ७० जना विदेशिएका थिए भने चालु आर्थिक वर्षको नौ महिनामा २५ हजार ५ सय ८० जना वैदेशिक रोजगारमा गएका छन् । चालु बर्षमा विदेशिएकामध्ये २० हजार ५ सय ५९ जना पुरुष र अन्य महिला रहेको तथ्याङ्ले देखाएको छ ।
स्वीस सरकार विकास सहयोग एसडीसी र नेपाल सरकारको संयुक्त कार्यक्रमको रुपमा भद्रपुर नगरपालिकामा सञ्चालन गरेको सुरक्षित आप्रवासन (सामी)को तथ्यङ्कले यस्तो देखाएको हो । सामीले बुधबार भद्रपुर नगरपालिकामा पत्रकारसँग गरको छलफलमा यस्तो देखिएको थियो ।
यो तथ्याङ्कमा ९० प्रतिशत काम गर्नकै लागि विदेशिने गरेको पाइएको छ । वैदेशिक रोजगारीको सिलसिलामा ठगिमा परेपछि गत आर्थिक वर्ष ०७९÷ ८०  मा १३० वटा उजुरी परेकोमा ४० वटा फर्छैट गरेवापत ३८ लाख ४५ हजार रुपैयाँ फिर्ता गरिएको परियोजना अधिकृत शेखर बुढाथोकीले बताए । त्यसैगरी चालु आर्थिक वर्षको वैशाख ११ सम्म ११७ वटा उजुरीमा २२ वटा समाधान गरी ४५ लाख ९० हजार रुपैयाँ फिर्ता गराइएको उनले जानकारी दिए । त्यसैगरी आर्थिक सहायता तर्फ भद्रपुरमा ३ जनालाइ जनही २१ हजार र एक जनालाइ अवधि नाघेकोले क्रिया खर्च वापत २५ हजार रुपैयाँ प्रदान गरिएको जनाइएको छ ।त्यसैगरी जिल्ला प्रशासन कार्यालयबाट  ०८१ वैशाख ११ सम्म ८ हजार ९ सय ११ र गौरीगञ्जबाट १ हजार ३ सय एक जनालाइ सूचना प्रवाह गरिएको उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार