मुख्य समाचार
चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान | १० प्रतिशत शय्या नीति : झनै चर्कियो सरकार र निजी क्षेत्रको टकराव | झापामा ट्याक्टर र माेटरसाइकल ठाेकिँदा माेटरसाइकलमा सवार तीनमध्ये बाबु छाेरीकाे मृत्यु | बिर्तामाेडमा श्रीमतीलाइ फलामको रडले घोचेर घाईते बनाई घरको ३ तला माथिबाट हाम फाल्दा श्रीमानकाे मृत्यु |

मेचीनगर नगरपालिकामा छ दलले बुझाए २१ बुँदे ज्ञापनपत्र

देश प्रदेश डेस्क 5215+ समाचार ( )
१८ श्रावण २०८१, शुक्रबार

झापा मेचीनगर नगरपालिकाको नेतृत्व स्वेच्छाचारी बनेको भन्दै विपक्षी छ वटा दलले विरोध जनाएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले आज  नारा जुलुससहित नगरपालिकामा २१ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । मेचीनगरपालिकाले बिना पूर्वतयारी पूर्वाधार उपयोग दैनिक सवारी कर लागू गरी केही दिनमा नै स्थगित गरेकाले आगामी दिनमा कुनै पनि सार्वजनिक महत्वको विषयमा निर्णय गर्दा सरोकारवाला पक्षहरुसंग व्यापक छलफल गरेर मात्रै निर्णयमा जान उनीहरुले सचेत गराएका छन् ।

त्यस्तै मेचीनगरको छुट जग्गा वर्गीकरण प्रकृयाले सम्बन्धित जग्गाधनीहरुले दुःख र सास्ती भोग्नु परिरहेको आम जनगुनासो आएकाले व्यवहारिक, छिटो र छरितो ढंगबाट जग्गा वर्गीकरण प्रकृया लागु गर्नुपर्ने , मेचीनगरको कार्यालयले लगाएको नदीजन्य पदार्थको ठेक्काबाट नदीमा मापदण्डविपरित उत्खनन् गरिएको खाल्डोमा डुबेर वडा नं. ३ निवासी शिक्षक धनराज भण्डारीको दुःखद निधन भएकाले यसरी अनियन्त्रित उत्खनन् हुँदासमेत नगरपालिकाको कार्यालयले प्रभावकारी अनुगमन नगर्दा नगरको राजश्व समेत अपचलन भएकोले सर्वदलीय छानविन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याई दोषीउपर कडा कार्वाही गरिनुपर्ने , मेचीनगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्षले स्थानीय एफ. एम.मार्फत अन्तरवार्ताका क्रममा नगरपालिकामाथि लगाएको भ्रष्टाचारजस्तो गम्भीर आरोपको विषयमा सर्वदलीय छानविन समिति गठन गरी सत्य तथ्य जनतासमक्ष ल्याउनु पर्नेलगायतका माग गरिएको छ ।

ज्ञापनपत्रमा कांग्रेसका तर्फबाट क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, माओवादी केन्द्रका तर्फबाट क्षेत्रीय सभापति माधव अर्याल, रास्वपाका तर्फबाट क्षेत्रीय अध्यक्ष भीमबहादुर कुँवर, राप्रपाका तर्फबाट क्षेत्रीय उपाध्यक्ष विश्वराज पोखरेल, एकीकृत समाजवादीका तर्फबाट क्षेत्रीय संयोजक भाष्कर घिमिरे, जसपाका तर्फबाट नगर अध्यक्ष ओमप्रकाश खापुङलगायतले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार