ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित

देश प्रदेश डेस्क 5463+ समाचार ( )
३ अशोज २०८३, शनिबार

झापा ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोविन्द बोहोराको सभापतित्व तथा संस्थाका बरिष्ठ सल्लाहकार भलाकाजी कठेतको प्रमुख आतिथ्यमा शनिबार चन्द्रगढीमा सम्पन्न भएको हो ।
संस्थाका उपाध्यक्ष कृष्णप्रसाद वनले स्वागत मन्तव्य र रुमा डाँगीले स्वागत गित प्रस्तुत गरेको कार्यक्रममा संस्थाका अध्यक्ष बोहोराले साङ्गठानिक  र लेखा सुपरिवेक्षण समितिका संयोजक तोसल कुमार दाहालले प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक बर्ष ०८२÷८३ मा ६० लाख ८५ हजार ८ सय ७० रुपैयाँको कारोबार प्रतिवेदन मार्फत उल्लेख गरिएको थियो ।
कार्यक्रममा  विभिन्न विधाका २४ जना सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा निवृत सदस्यहरुमा गोविन्द विश्वकर्मा, शिवशरण श्रेष्ठ,कौशिला देवी आचार्य,भगिरथ नेपाल,तोसल कुमार दाहाल,चन्द्रप्रकाश राई ,छवीलाल बराल,सीता विमली,शान्ता दवाडी, गीता पोखरेल, झल्कादेवी पोखरेल, सावित्रा दाहाल र ,विजयकुमारी नेपाल रहेका छन् ।
संस्थाले भवानीप्रसाद सुवेदी, धरणी शर्मा न्यौपाने र बद्रीबहादुर कार्कीलाई जेष्ठ सदस्य सम्मान गरिएको थियो । संस्थामा उत्कृष्ट कारोबार गरेबापत विजयकुमारी श्रेष्ठ र उषाकुमारी गणेशलाइ सम्मान गरिएको थियो । त्यसैगरी सन्तती पुरस्कार तर्फ कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने समिप न्यौपाने,अनुश्का अधिकारी,दिवस वन र तनुजा पौडेललाइ नगदसहित सम्मान गरिएको थियो ।
संस्थाले वातावरण विषयमा विधावारिधी गरेका सम्मेलन पोखरेल र पदोन्नती हुने शिक्षक खिलाराज कोइराला र शिक्षिका तुलमाया वनलाइ शेयर सदस्य तर्फ सम्मान गरिएको थियो ।  
कार्यक्रममा सम्मानितको तर्फबाट खिलाराज कोइराला र बद्रीबहादुर कार्की,पूर्व अध्यक्ष एवम सल्लाहकार गोकुलराज न्यौपाने,सल्लाहकार धनकुमारी खरेल(लता),छवीलाल बरालले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव लक्ष्मीप्रसाद गौतमले गरेका थिए ।
वि.सं.२०६५ सालमा ५१ जना शिक्षकबाट सुरु भएको संस्थामा हाल २६२ महिला र २२८ पुरुष गरी ४९० जना शेयर सदस्यको कुल पुँजी ८ करोड २ लाख ५१ हजार ७ सय ८१ रुपैयाँ रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार